उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

पूर्णपुष्टि, चैत्र २२ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–६ जलजले बस्ने २३ बर्षीय मो.साकिर आली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिप्रका बाट संचालित MDI (Mission Drug Intercept) अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले आलीलाई मंगलबार जलजले स्थित लालपत्ता चोकमा लागुऔषध सहित पक्राउ गरेको हो ।

सप्तरीबाट उदयपुरतर्फ पैदल आउँदै गरेको आलीलाई शंकालागी चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रोर्मेथाजिन १४ एम्पुल,डाइजोपाम १४ एम्पुल र बुप्रिनोर्फिन १४ एम्पुल गरी जम्मा ४२ एम्पुल लागुऔषध फेला परेसँगै नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । लागुऔषध सहित पक्राउ परेका आलीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
2
+1
1
+1
1