शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

थारु समुदायका महिलाहरुलाई पराम्परागत वस्तु निर्माण तालिम

गाईघाट/माघ, १९

त्रियुगा नगरपालिका १३ बहेडुवा स्थित थारु समुदायका महिलाहरुलाई थारु संस्कृतिका पराम्परागत बस्तुहरु निमार्ण सम्बन्धि २ महिने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यलय उदयपुरको सहयोग तथा आयोजनामा त्रियुगा नगरपालका १३ नं वाडाको समन्वयमा तालिम दिइएको हो । तालिम ४५ दिनको भनिएपनि बस्तु निर्माणमा समय अभावका कारण १५ दिन थप गरी २ महिने बनाएको आयोजकले बताए ।

तालिममा बिभिन्न थारु परम्पराको सजावट सामाग्रिहरु निर्माण गरिएको छ । सामाग्रिहरु ४ ओटा डलिया, १० ओटा पर्स, १० ओटा बाघ बाजु, ५ ओटा बेना, १० ओटा गमला, ४ ओटा फुल, र ३ ओटा दर्कश गरी जम्मा ४६ ओटा तयार गरिएका छन् । सामाग्री जालि र उन बाट निर्माण गरिएको छ । यो बिषेश थारु समुदायको घरमा सजाउनुका साथै बिहे तथा कुनै पनि थारु संस्कारमा यसको प्रयोग गरिने प्रशिक्षक सुनिता चौधरीले बताउनुभयो । 

सामाग्री अन्य समुदायकोहरुले पनि प्रयोग गर्न सकिने चौधरीले बताउनुभयो । सामाग्री निर्माणमा निकै मेहनत र धरै समय लाग्ने बताइन् । एउटै सामान पन्द्र दिन सम्म लाग्ने बताउँदै तालिममा बनाइएका सामान थोरैमा ३ सय देखी धेरैमा ५ हजार सम्मको निर्माण गरिएको उनीले बताइन् चौधरीका अनुसार कतै बाट अडर आएमा बेच्ने नभए समुहमा राख्ने बताउनुभएको छ ।

आइतबार त्रियुगा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष पसुपति चौधरीको उपस्थितिमा तालिमको समापन गर्दै थारु समुदायमा लोप भइसकेको बस्तुले थारु संस्कार संस्कृतिको जगेर्णामा टेवा पुराउने वडा अध्यक्ष पसुपति चौधरीले बताउनुभयो । संस्कार संस्कृति तथा पराम्परागत वस्तु कुनै पनि जातको महत्वपूर्ण चिनारी र पहिचान रहेको भन्दै यसलाई जोगाउन र लोप हुन नदिन यस्ता वस्तुहरुको निर्माणले निरन्तरता पाउनु पर्ने बताउनुभयो ।  चौधरीले थारु सामुदायको पराम्परागत वस्तुहरुलाई जगेर्णा गर्न, व्यवसायीक बनाउन, पहिचानको निम्ति बजेटको लागि, र थप सिपको लागि आफ्नो वडा बाट पूर्ण सहयोग हुने बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यलय उदयपुरको प्रमुख पाक्रम खाले सामुदायीक सांस्कृतिक अन्तर्गत पराम्परागत वस्तु विषेश तालिमले थारु सामुदायको संस्कार संस्कृतिलाई बचाउने बताउनुभयो । घरेलु तथा साना उद्योगले यस्ता सांस्कृतिक बिषेश तालिमहरु अन्य ठाउँहरुमा पनि संञ्चानल गर्दै र गर्ने तयारीमा रहेको बताउनुभयो । त्रियुगा नगरपालिका १३ बहुडुवामा रहेको थारु सामुदायको पराम्परागत वस्तुलाई उजागर गर्ने भन्दै यो तालिम उपलब्ध गराएको खाले बताउनुभयो ।

उहाँले बनेको वस्तुहरुलाई उचित ठाउँ तथा सम्बन्धित निकायहरुमा विक्रि वितरण र महत्व झल्काउँदै यसको सजावट र बचावटमा ध्यान पुराउन आग्रह गर्नुभयो । यसले समुदायको पराम्परागत वस्तुको सजावट र संस्कार संस्कृतिको जगेर्णामा मात्रै नभई व्यवसायीक रुपमा बस्तुको उत्पादन गरी देशभरी फैलाउने र थारु पहिचानको व्यापक प्रचार गरी आर्थिक, र व्यवसायीक रुपले अगाडी बढ्न सकिने बताउनुभयो ।

फोटो फिचर

 

 

प्रतिक्रिया

%d bloggers like this: