शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

अन्तर विद्यालय नृत्य प्रतियोगितामा क्यान्भास प्रथम

गाईघाट/माघ, २४

नगरपालिका स्थारीय अन्तर विद्यालय नृत्य प्रतियोगितामा क्यान्भास एकाडेमी प्रथम भएको छ ।  शुक्रबार त्रियुगा नगर कार्यसमिति प्याव्सनको आयोजनामा क्यानभास बोर्डिङको प्राङगनमा भएको नृत्य प्रतियोगितामा क्यानभास एकाडेमी प्रथम, सगरमाथा बोर्डिङ दोस्रो प्याराडाईज सेकेन्डरी बोर्डिङ स्कुल तेस्रो र असारी बोर्डिङ स्कुल शान्त्वना भएको छ ।

प्रतियोगितामा प्रथमलाई रु ५ हजार नगद प्रमाण पत्र, दोस्रोलाई ३ हजार प्रमाण पत्र, तेस्रोलाई २ हजार प्रमाण पत्र र शान्त्वनालाई १ हजार प्रमाण पत्र प्रदान गरिएको छ । निजि क्षेत्रको विद्यालयबाट उत्पादन भएको विद्यार्थीहरु सरकारको कुनै पनि पदमा रहेरका काम गर्न नसकिरहेको कुराको भ्रम चिर्न प्याव्सनले बिभिन्न तह जिल्ला, प्रदेश, र केन्द्रमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना सुरु भएको प्याव्सन केन्द्रिय सदस्य जनक बहादुर कार्कीले बताउनुभयो  ।

दोस्रो सगरमाथा बोर्डिङ

उहाँले अवको शिक्षा अगाडी बढाउन प्याव्सन सँग केन्द्र र प्रदेश सरकारले समन्वय गर्नु पर्ने बताउनुभयो । अर्की केन्द्रीय सदस्य मिथिला राईले निजि क्षेत्रका विद्यालयहरुले बिभिन्न क्षेत्रहरुमा सहभागीता जनाउँदै प्रतियोगिताहरुमा जित हाँसिल गरेको बताउनुभयो । उहाँले प्याव्सन नगर कार्यसमितिलाई कार्यक्रमको सफल शुभकामना समेत दिनुभयो ।

यस्तै प्याव्सन उदयपुरको अध्यक्ष प्रकाश कुमार बस्नेतले निजि विद्यालयको पठन पाठनलाई मात्रै नभएर अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराई विद्यार्थीहरुको बौद्धिक क्षेमता बृद्धि गरेको बताउनुभयो ।

           तेस्रो प्याराडाईज बोर्डिङ
शान्त्वना असारी बोर्डिङ

नृत्य प्रतियोगितामा त्रियुगा नगरपालिकाभरीका १६ ओटा निजि विद्यालयहरुले सहभागी जनाएको थियो । कार्यक्रमलाई न्याउपाने पुस्तक पसल, जाल्पा पुस्तक पसल, मुनाल पुस्तक पसल र श्याम पुस्तक भण्डारले आर्थिक सहयोग गरेको थियो । कार्यक्रममा बिभिन्न अभिभावक, विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति सँगै त्रियुगा नगर कार्यसमिति प्याव्सनको सचिव प्रकाश पौडेलको सभापतिमा समापन भएको थियो ।

   फोटो फिचर

 

प्रतिक्रिया

%d bloggers like this: