शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

एमाले उदयपुरद्वारा सहमतिको स्वागत, उम्मेदवार सिफारिसका लागि संयोजक तोक्यो

पूर्णपुष्टि, असोज १८ गते ।

गाईघाट–नेकपा एमाले उदयपुरले हिजो भएको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको सहमतिको स्वागत गरेको छ । जिल्ला कमिटि सचिवालको गाईघाटमा बुधबार सम्पन्न बैंठकले सहमतिको स्वागत गरेको हो । बाम एकताले देशको स्वधिनता, समृद्धि र राष्ट्रिय एकताको पक्षमा बलियो हुने ठहर गर्दै स्वागत गरेको हो । पार्टीले सहमतिलाई बाम एकताको सुरुवाती भनेको छ ।

साथै बैंठकले उदयपुरका दुई प्रतिनिधि सभाका क्षेत्र र चार प्रदेशसभाका क्षेत्रमा संयोजक तथा सहसंयोजकको जिम्मेवारी पनि तोकेको छ । एमाले जिल्ला सचिव परमेश्वर घिमिरेका अनुसार बैंठकबाट अवको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको नाम सिफारिस गर्नेगरी प्रतिनिधि सभा क्षेत्र नं. १ मा संयोजक कुशलबाबु बस्नेत तथा सहसंयोजक चुना थापामगरलाई तोकिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ मा संयोजक ज्ञानेन्द्र श्रेष्ठ तथा सहसंयोजक विष्णुमुरी मगरलाई तोकिएको छ ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं. १ मा संयोजक गंगा कार्की तथा सहसंयोजक सन्तोष बस्नेत, २ मा संयोजक सुनिता चौधरी, सहसंयोजक महेश रोका तोकिएका छन् । प्रदेश सभा क्षेत्र नं. ३ मा संयोजक कर्णमाया मगर तथा सहसंयोजक टामिन्द्र राई र ४ मा संयोजक हृदय तामाङ तथा सहसंयोजक अनन्त हायुलाई तोएिको छ ।

बैंठकले प्रदेशसभाको बैंठक असोज २० गते विहान १० बजे र प्रतिनिधि सभाको बैंठक सोही दिन दिउसो १ बजेलाई तोकेकको पनि जनाइएको छ । त्यस्तै जिल्ला कमिटिको बैंठक असोज ११ गते विहान ११ बजेलाई तोकेको पनि जनाईएको छ ।

प्रतिक्रिया