शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

स्वर्गिय. आदिम दनुवारको सम्झनामा समर्पित म्युजिक भिडियो सार्वजानिक

राजावास/फागुन, २

स्वर्गिय आदिम दुनुवारलाई समर्पित गर्दै निर्माण गरिएको म्युजिक भिडियो शनिवार राजावासको दनुवार संग्राहलयमा सांगितिक कार्यक्रमको विच सार्वजानिक गरिएको छ । भिडियो निर्माण समितिले बृहत सांगितक कार्यक्रमको साथ भिडियो सार्वजानिक गरेको हो । आदिम दनुवार स्मृति प्रतिष्ठानद्धारा संकलित रकमको सहयोगमा निर्माण गरिएको भिडियोमा स्वर्गिय आदिम दनुवारको बाजे बिरमान मन्धने दनुवारलाई पनि समर्पित गर्दै भिडियो सार्वजानिक गरिएको हो । प्रतिष्ठानले छोराको अमर सम्झनामा दुइ एकान दुई बोल नामक म्यजिक भिडियो तयार गरी सार्वजानिक गरेको छ । गितको शब्द लेखन सैन्ध्वज दनुवार, स्वर तथा संगित आइएमइ लोक स्टार विनोद दनुवार तथा चर्चित गायीका अन्जु पन्तको रहेको छ । आशिष राई र सीता राईको मुख्य अभिनित तथा स्थानीय बालकलकारहरुको बिषेश भुमिकामा म्युजिक भिडियो तयार गरिएको छ । भिडियोलाई हाइलाइट्स नेपाल युट्यव च्यानले सार्वजानिक गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं ७ चुहाडे बरगाउँ स्थित बाबु सैन्ध्वज दनुवार र आमा अमृता दनुवारको कोखबाट जन्म लिएको आदिम दनुवार चार बर्ष अगाडी डेड बर्षको उमेरमै ब्लड क्यान्सरका कारण स्वर्गबास भएको थियो । जिवनमा मृत्युले सानो ठुलोको कुनै पनि उमेर नहेर्ने हुदा संसारमा हासखेल गर्ने र खुसी रहनु पर्ने बाध्यतालाई समेट्दै भिडियो तयार गरिएको प्रतिष्ठानको अध्यक्ष तथा स्वर्गिय.आदिम दनुवारको बुबा सैन्ध्वज दनुवारले बताउनुभयो । वास्तावमै आदिमले पनि आफ्नो कलिलो उमेर मृत्युलाई सुम्पेको थियो । छोराको मृत्यु पछि बाबु सैन्ध्वज दनुवार लगाएतको समुहले छोराको नाममा आदिम दनुवार प्रतिष्ठान स्थापना गरे । प्रतिष्ठानले बिभिन्न समाजिक क्षेत्रको पाटोमा काम गर्दै आएको बाबु सैन्ध्वज राईले बताउनुभयो । उहाँले आफ्नो छोराको सम्झनालाई सँधै जिवित राख्नका निम्ति स्थापना गरिएको प्रतिष्ठानले छोराको हरेक जन्मदिनको अवसरमा दुखी पिडितहरुलाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । हरेक असार १३ गते पर्ने छोराको जन्मदिनमा प्रतिष्ठानले थुप्रै त्यस्ता दुखि पिडितहरुलाई आर्थिक सहयोग गरेको पनि उहाँले बताउनुभयो । 
गत बर्षको जन्म दिनमा मुसहर वस्तिमा आर्थिक सहयोग गर्नुभएको थियो भने यो बर्ष एड्स पिडितलाई सहयोग गर्नुभयो । आज भिडियो सार्वजानिक उद्घाटन समारोहको दिन पनि दृष्टि विहिन सुर्य बहादुर दनुवारलाई गित रेकर्डिङको लागि आर्थिक सहयोग गर्ने दनुवारले बताउनुभयो । सार्वजानिक कार्यक्रमको उद्घाटन प्रदेश सांम्सद संञ्जा दनुवारले गर्नुभयो ।

  • आज भिडियो सार्वजानिक उद्घाटन समारोहको दिन पनि दृष्टि विहिन सुर्य बहादुर दनुवारलाई गित रेकर्डिङको लागि आर्थिक सहयोग गर्ने दनुवारले बताउनुभयो ।

म्युजिक भिडियो बाट आएको आम्दानी पनि सुर्य बहादुर दनुवारकै गित रेकर्डिङमा लगानी गर्ने प्रतिष्ठानले जनाएको छ । यसरी नै आउँदो समयमा पनि यस्तै सहयोगी कार्यहरुमा प्रतिष्ठान व्यस्त रहने पनि अध्यक्ष दनुवारले बताउनुभयो । कार्यक्रममा आइएमइ लोक स्टार सेकेन्ड रनरअप विनोद दनुवार, सुर्य वहादुर दनुवार लागाएत स्थानीय कलकारहरुको बिषेश सांगितक कार्यक्रम रहेको थियो । कलकारहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो ।

       भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=oaZOHrlecaA

 

 

प्रतिक्रिया

%d bloggers like this: