आइत, असार २८, २०७७
Sun, July 12, 2020

नाट्यघर निर्माणका लागि अन्तरक्रिया

उदयपुर, फागुन १७ गते ।

उदयपुरमा नाट्यघर निर्माणका लागि एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । रंगमञ्च (नाटकघर) निर्माणका लागि समाजिक चेतनाको स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रंगकर्मीहरुले अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रमा जिल्लाको बिभिन्न ठाउँबाट सर्जक तथा रंगकर्मीहरुको बृहत भेला भएको थियो । एउटा व्यावस्थीत नाटकघर निर्माणका लागि जग्गाल गायतको पूर्वाधार व्यवस्थापन गर्न रंगकर्मीहरु लागी परेको नाटकघर निर्माणका लागि दबाबमूलक समिति संयोजक तथा अभियान्ता गोपाल कृतिले बताए ।

भेलाले दबाबको औपचारिक शुरुवात गरेको संयोजक कृतीले बताए । मागसहित नाटक घर निर्माणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम शुरु भएको छ । केही दिनभित्रै कार्यदल प्रयोजनको समिति गठन गरी बिभिन्न सरोकारवाला निकायसँग समन्वय गरी नाटक घर बनाउनका लागि पहल अगाडि बढाउने उनले बताए ।

रंगकर्मी, कलाकार, साहित्यकार तथा सर्जकबीच एकता नहुदा  राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट बञ्चीत हुनुपर्ने अवस्था रहेको सहभागीहरुले बताएका छन् । अवको दिनमा कलाक्षेत्र सँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका सबै एक जुट भएर अगाडि बढ्नु बाहेक कुनै बिकल्प नरहेको बताएका छन् ।

प्रतिक्रिया