सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

आज विश्व हुलाक दिवस : हुलाकको महत्व अझै

पूर्णपुष्टि, असोज २३ गते ।

हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाकवाट शुरुभएको हो ।

पहिलेपहिले देश परदेशमा खबर आदानप्रदान गर्न एकमात्र साधन हुलाक थियो । हुलाकीले पत्र बोकेर देश परदेशसम्म अदानप्रदान गरिदिने काम गथ्र्यो । त्यो सुविधा सरकारबाट हुन्छ । पहिले पहिले हुलाकको महत्व र मान्यता धेरै नै थियो तर, आजभोली प्रविधिको विकाससंगै महत्व घटेको छ ।

पहिले हुलाकीले बोकेर हप्तादेखि महिनौदिनसम्ममा लेखिएको खबर पुग्थ्यो भने अहिल टेलिफोन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालबाट तुरुन्त पुग्छ । अझ भिडियो, अडियोसमेत । त्यसैले हुलाकको प्रयोगमा कमी आएको छ । यद्यपी यसको महत्व भने कम छैन । हुलाकले समयअनुकुल आप्mना कामहरु गर्दै आएको छ । अहिले पनि कानूनी प्राप्त चिठीपत्र आदानप्रदानका लागि हुलाक प्रयोग गरिन्छ । टिकट विक्रीको काम त्यहिबाट हुन्छ । समग्र संचारजगतको अनुगमन, निरिक्षणको काम गर्दछ ।

स्कूले केटाकेटीहरुपनि स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् र यसरी चिठीलेख्दा प्रापक र प्रेषक भनेँर हुलाककै सञ्चारआधारमा अभ्यास गराइन्छ । समयानुसार काममा केही कमी र फरकपन आएपनि हुलाकको महत्व चाँही उही नै छ ।

विश्व हुलाक दिवसको सबैलाई शुभकामना !

प्रतिक्रिया

%d bloggers like this: