शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

गणपति थापालाइ विदाइ

पूर्णपुष्टि, फागुन २२ ।

उदयपुरका ब्याड्मिन्टन खेलाडीहरुले विहिबार उदयपुरको बोक्सेस्थित रणसार्दुल गणका गणपति भैरव थापालाई विदाई गरेका छन् ।

सरुवा भई हेर्डक्वाटर जान लाग्नु भएका गणपति थापालाई कवर्डहलमा खेलाडीहरुले विदाई गरेका हुन् । उनीहरुले मायाको चिनो भेष्ट प्रदान गरेका थिए ।

बसाईको सिलसलामा आप्mनो ठाउँबाट खेलको क्षेत्रमा विशेष योगदान पर्याउनुका भएका थापालाई खेलाडीहरुले थप उन्नती प्रगति, सुस्वास्थ्यको कामना गर्दै विदाइ गरेका थिए । खेलाडी दिपक राई, समाजसेवी हस्तमाया राईले व्यक्तिगतरुपमै पनि मायाको चिनो र खादा ओढाई विदाइ गरेका थिए ।

विदाइ समारोहमा बोल्दै थापाले उदयपुर र खेलाडी साथीहरुलाई कहिल्यै नभूल्ने बताउनुभयो । उदयपुरको बसाई अबिस्मरणीय रहेको बताउनुभयो ।

विदाइ समारोहमा जिल्ला अदालत उदयपुरका न्यायधिश दिपक खनाल, अनुसन्धान कार्यालय, उदयपुरको उपनिर्देशक नागेन्द्र दाहाल तथा गणका अधिकृतहरुको पनि उपस्थिति थियो ।

 

प्रतिक्रिया

%d bloggers like this: