सोम, जेष्ठ १९, २०७७
Mon, June 1, 2020

गाईघाट बाट दिक्तेलको लागि छुटेको अन्तिम बस हलेसीको राजापानीमा भयानक दुर्घटना

खोटाङ/फागुन, २३

गाईघाट बाट दिक्तेलको लागि शुक्रबार ४ बजे छुटेको अन्तिम बस शनिवार खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीमा दुर्घटना भएको छ । प्रदेश २–०१–००१ ख ००२७ नम्वरको खोटाङ यातायातको बस राजापानी रेग्मीटार लुक्लाभीर नजिकै दुर्घटना भएको हो । बस सडक बाट २५० मिटर तल खोलामा खसेको थियो ।

बस भयानक दुर्घटना भएपनि यात्रुहरु भने सबै शकुसल अवस्थामा रहेको छ । गाईघाटबाट केही यात्रुहरु लिएर छुटेको बस बाटोमा दिक्तेल जाने यात्रुहरुलाई पर्खेर बसेको अवस्थामा दुर्घटना भएको थियो । मान्छे पर्खिन भिरालो ठाउँमा रोकिएको अवस्थामा गाडिभित्र रहेको यात्रुहरु झर्नेक्रममा ओट खुस्कीएर बस भिरमा खसेको थियो । बस खस्दाखस्दै यात्रुहरु भुइमा ओर्लन सफल भएपछि यात्रुहरु भने सबै शकुसल रहेको प्रहरी सहायक निरिक्षक हरि खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया