शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

व्याड्मिन्टन प्रतियोगिता सन्चालन

पूर्णपुष्टि, असोज २५ गते ।

गाईघाट–६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला व्याड्मिन्टन संघको आयोजनामा गाईघाटमा व्याड्मिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको प्रायोजनमा डबल्स व्याड्मिन्टन प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा ए र बी डिभिजन गरी ४० जोडीले प्रतियोगितामा भाग लिएका छन् । ए तर्फ ८ जोडा र बी टर्फ ३२ जोडाले भाग लिएका छन् । प्रतियोगिताका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका कटारी, जलजले, बेल्टार, बसाहा लगायतका खेलाडीहरुले भाग लिएका छन् ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । बिहिबार फाईनल खेल हुने प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सन्चालन भईरहेको छ ।

पहिलो दिन पहिलोचरणको सबै खेल सकिएको र दोस्रो चरणको केही खेल सकिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया