आइत, असार २८, २०७७
Sun, July 12, 2020

नेपालकाे पहिलाे कमेडी च्याम्पियन ‘हिमेश’

पूर्णपुष्टि, चैत १ ।

नेपालको पहिलो कमेडी च्याम्पियन हिमेश पन्त बनेका छन् । उनले रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि जित्दै पहिलो कमेडी च्याम्पियन बनेका हुन् ।

शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएको जनाइएको छ । ग्रेण्ड फिनालेको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा गरिएको थियो ।

हिमेशले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्।  फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए । शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए ।

‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको कमेडी च्याम्पियनको दोस्रो संस्करणको घोषणा पनि भईसकेकोछ ।

प्रतिक्रिया

%d bloggers like this: