शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

एसईई परीक्षाको तयारी पुरा

उदयपुर, चैत्र ५ गते ।

यस वर्षको माध्यामिक शिक्षा उतिर्ण परीक्षा (एसईई) परीक्षाको तयारी पुरा भएको छ । उदयपुरको २६ वटा परीक्षा केन्द्रमा ५ हजार ९ सय ९० जना विद्यार्थी परीक्षामा सहभागि हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ ।

चैत्र ६ गतेबाट सुरु हुने एसईई पर २ हजार ७ सय ९७ छात्र र ३ हजार १ सय ९३ छात्रा परीक्षार्थी रहेको ईकाईले जनाएको छ ।

एसईई परीक्षामा नियमित तर्फ ५ हजार ६ सय २५ र गे्रड वृद्धिका लागि ३ सय ६५ विद्यार्थीले परीक्षा दिदैछ । परीक्षाको लागि ६ हजार ३८ जनाले परीक्षा फारम भरेपनि ४८ जनाको फारम अस्वीकृत भएको जनाईएको छ ।

परीक्षा केन्द्रहरु मध्ये गे्रेड वृद्धिका लागि अम्वेबर जनता मावि राजाबास परीक्षा केन्द्र कायम गरीएको छ ।

परीक्षा केन्द्रहरुमा कोरोना भाईरस (कोभिड–१९) बाट बच्नका लागी प्रत्ये परीक्षा केन्द्रमा हेल्प डेक्स राख्ने जनाईएको छ ।

प्रतिक्रिया