बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

विप्लब माओवादी नेता पक्राउ, रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

पूर्णपुष्टि, असोज २७ गते ।

गाईघाट– नेपाल कम्युनिष्ट पार्टी (विप्लब समुह) उदयपुरले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना एक जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति प्रकट गरेको छ ।

पार्टीका जिल्ला सेक्रेटरी बाबुराम शर्माले विज्ञप्ती जारी गर्दै एकदिन अघि जिल्ला कमिटि सदस्य मानबमादुर दनुवारलाई त्रियुगा नगरपालिका वडा नं. ७ को कार्यालयबाट विना कारण पक्राउ गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।

अपहरणको शैलीमा पक्राउ गरिएको भन्दै अबिलम्ब रिहाको माग गरेको छ । स–सम्मान रिहा नगरेमा गृह प्रशासनविरुद्ध कडा संघर्षमा जाने चेतावनी विज्ञप्तीमार्फत दिइएको छ ।

यता, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले दनुवार पक्राउको पुष्टि गरेका छन् । डिएसपी मेघराज अधिकारीले दनुवारलाई पार्टीको हैसियतले भन्दा पनि कुनै घटनाक्रमको सन्दर्भमा सोधबुझ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । अनुसन्धानपछि मात्र अन्य कुरा खुलाउन सकिने उनले बताए ।

प्रतिक्रिया

%d bloggers like this: