शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

कोरोना भाइरसले इटलीमा एकै दिन ८ सय बढीको मृत्यु

पूर्णपुष्टि, चैत ९ गते । 

कोरोना भाइरस (कोभिड–१९) को सक्रमणबाट इटलीमा एकैदिन करिब आठ सय मानिसको मृत्यु भएको छ । भाईरसको कारणले पछिल्लो २४ घण्टामा ईटालीमा थप सात सय ९३ जनाको मृत्यु भएको हो ।

अहिले संख्या चार हजार आठ सय २५ पुगेको संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो एकै दिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर संक्रमित ५३ हजार पाँच सय ७८ पुगेको छ ।

भाईरसको संक्रमण तिब्र रुपले बढ्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको संचारमाध्यमहरुले जनाएको छ ।

अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन् ।

प्रतिक्रिया