शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु

पूर्णपुष्टि, चैत ९ गते । 

कोरोना भाईरस (कोभिड–१९) को सक्रमणबाट स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार मृत्यु भएको हो ।

सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष पदमा रहेर टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

यो पनि पढ्नुस् ।

सरकारले कोरोना भाइरस (कोभिड—१९) सक्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल गठन गरेको छ । बैठकले कोरोनाको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल बनाउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको संयोजनमा स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी समिति गठन गरिएको छ । विदेशबाट स्वाास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने जनाइएको छ । बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ ।

यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ भने राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषि मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ भने निर्णय र निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा अनुगमन गर्न रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको हो ।

भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । स्वयंसेवी रुपमा क्वारेन्टाइन राख्नका लागि घर तथा जग्गाका लागी पालिका र प्रदेश सरकारमार्फत सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: