शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, चैत ९ गते । 

सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । आइतबार सुन तालेमा एक हजार रुपैयाँले बढे तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गते शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुस् ।

नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ कोे खरिददर १ सय २० रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ६८ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकेको छ । त्यसतै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकेको छ ।

ओमानी रियाल १ को खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३ सय ८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ८७ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १८ रुपैयाँ र बिक्रीदर ३ सय १९ रुपैयाँ ५९ पैसा तोकेको छ ।

प्रतिक्रिया