शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढायो

पूर्णपुष्टि, चैत ९ गते । 

नोट मार्फत कारोबार गर्दा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैँकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्रबैंकले आइतबार निर्देशनमार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको हो ।

मोवाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा १ दिनको सिमा १ लाख  र महिनाको सिमा १० लाख रुपैयाँ पु¥याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक एक लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र  एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ । यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र  एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ ।

वालेटबाट बैंकमा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: