शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

फ्रान्सबाट नेपाल आएको एक जना नेपालीमा कोरोनाको संक्रमण

चैत्र/१०

नेपालमा पनि एकजनालाई कोरोना भाईरस (कोभिड–१९ को संक्रमाण देखिएको छ । फ्रान्स बाट नेपाल आएको एक जना महिलामा यसको संक्रमण देखिएको हो । कतारको दोहा हुदै नेपाल छिरेको महिलालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रि भानुभक्त ढकालले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराए ।

संक्रमित १९ बर्षिय महिलाको अहिले टेकु स्थित शुक्ररसाज ट्रपिकलमा उपचार भईरहेको छ । उनिलाई उच्च सतर्कताका साथ उपचार गराइरहेको पनि ढककालले बताउनुभयो । उनि सँग भेटघाटमा रहेका साथीहरु र परिवार सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएर आफै क्वारेन्टाइनमा बसेको उनीलाई रुघाखोकी लागेपछि परिक्षण गराउँदा अचानक संक्रमण देखिएको ढकालले बताउनुभयो ।

अहिले नेपालमा यसको सतर्कताको लागि बिभिन्न याताया तथा उडानहरु समेत सरकारले रोकिसकेको अवस्था छ ।

 

प्रतिक्रिया