शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

एक हप्ताको लागि बजार पसल बन्द गर्ने उद्योग बाणिज्य संघको निर्णय

गाईघाट/चैत्र, १०

विश्वभर फैलिरहेको कोरोना भाईरसको उच्च सतर्कताको लागि त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले भोली सोमबार देखी एकहप्ताको लागि सम्पूर्ण बजार पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

भिँडभाँड आवत जावतमा यसको संक्रमण देखिने हुदा यसको नियन्त्रमा संघले सतर्कता जनाउँदै भोली देखी बजार बन्द गर्ने उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीले बताउनुभयो ।

बजारमा बढी मात्रामा हुने भिँडभाँड र एक अर्काको सम्पर्क बाट टाढै रहनु पर्ने सन्देशहरु अनुसार संघले यस्तो निर्णय गरेको हो । संघको निर्णय अनुसार अत्यावश्यक सामाग्री र पसलहरु बाहेक अन्य बजार पसलहरु पूर्ण रुपले बन्द हुने रसाईलीले जानकारी दिनुभएको छ  ।

बजारमा हरेक काम, लेनदेन, ब्यापार व्यवसाय धेरै थरीका मान्छे, भिँडभाँड र बढ्दो जमघट जस्ता क्रियाकलापलाई रोक्न बजारमा रहेको बिभिन्न उद्योग धन्दा, कलकारखाना र ब्यापार व्यवसायहरु नै ठप्प हुने गरी बन्द गर्न लागिएको रसाइलीले बताउनुभयो ।

विश्वमा फैलीरहेको बढ्दो संक्रमणलाई नेपालमा भित्रिन नदिन र संक्रमण बाट आफु, परिवार लगाएत समाजमा समेत यसको प्रभाव फैलिन नदिन संघले तत्काल यो निर्णय गरेको हो । अति आबश्यक सामान पनि बेलुका ४ बजे देखी ७ बजे सम्म सम्पर्क गरी लिसक्नु पर्ने रसाइलीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

%d bloggers like this: