शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

दोस्रो दिन थप कडाई, १५१ सवारी साधन नियन्त्रणमा

पूर्णपुष्टि, चैत १२ गते ।

उदयपुरमा लकडाउनको दोस्रो दिन पुरा कडाई गरिएको छ । प्रहरी कडाईकाबीच लकडाउनलाई अवज्ञा गरी सञ्चालन भएका १ सय ५१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा परेका छन् । सवारी साधनमा साईकल पनि ठूलो संख्यामा नियन्त्रणमा परेका छन् । ७५ वटा स्कुटी तथ मोटरसाईकल, ७ वटा अटो, ६९ वटा साईकल र चारपांग्रे गाडी १ वटा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा परेका सवारी साधनहरु लकडाउन अवधीभर नछाडिने जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो ।

पहिलो दिन लकडाउन अवज्ञा गर्ने ४ सय ६३ सवारी साधन नियन्त्रणमा परेको र सर्बसाधारणलाई बढि नै चेतावनी दिनु परेपछि दोस्रो दिन विहानैदेखि कडाई गरिएको हो ।

बजार र सडकमा तैनाथ सुरक्षाकर्मीहरुले अनावश्यक हिडडुल गर्नेलाई जताबाट आएको उतै फर्काइरहेको छ भने विशेष काम बाहेक निस्किएका सवारी साधनहरुमा साईुकल समेतलाई कारवाहीका लागी नियन्त्रणमा लिएको छ ।

दोस्रो दिनदेखि सुरक्षा रणनीतिमै कडाई तोकिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । सोही अनुरुप प्रहरीले कडाईका साथ खटिरहेको उहाँले बताउनुभयो ।

प्रहरीको कडाईपछि बजार र सडक प्रायः सुनसान देखिएका छन् । पहिलोदिनको दाँजोमा दोस्रो दिन सर्बसाधारणले पनि लकडाउन पालना गरेको देखिएको छ । सबैसाधारणहरु घरमै सुरक्षित बसेर लकडाउनको पालना गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले दोस्रो दिनमा नागरिकले लकडाउन निकै पालना गरेको पाइएको बताउनुभयो । लकडाउन अवधीभर प्रशासनले कडाई गर्ने उहाँले बताउनुभयो ।

बजारमा विशेष आवश्यकताको काम र समान बाहेकमा कडाई भईरहेको छ । तरकारी, खाद्यान्न, फलफुल र औषधी पसल बाहेक अरु खुलेका छैनन् । त्यस्तै सुरक्षा र स्वस्थ्यका सवारी मात्र चलेका छन् ।

प्रतिक्रिया

%d bloggers like this: