शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

लक डाउनको तेस्रो दिन गाईघाट बजारमा सर्वसाधारणहरुलाई समेत हिड्न प्रतिबन्द

पूर्णपुष्टि/गाईघाट, चैत्र १३

अहिले नेपाल लगाएत थुप्रै देशहरु लकडाउनको अवस्थामा छ । कोरोना भाईसका कारण विश्व नै सुरक्षित हुनु पर्ने अवस्थामा नेपालमा पनि आज ३ दिन भएको छ लकडाउन को अवस्था यसै क्रममा उदयपुर लगाएत सदरमुकाम गाईघाट बजारमा पनि लकडाउन कडाई पारिदैँ आएको छ । लक डाउनको तेस्रो दिन गाईघाटमा झनै कडाईका साथ बजार तथा घर बाहिर सर्वसाधरणलाई समेत हिड्ड प्रतिवन्ध लगाइएको छ ।

अति आश्यक व्यक्तिहरुलाई मात्र बाहिर हिड्न दिने र काम विषेशका व्यक्तिहरुलाई सुरक्षितका साथ हिड्न दिएको अवस्था छ । एतिवेला सरकार, प्रशासन, प्रहरीले भन्दानि हामि आफैले पनि बुझ्न जरुरी देखिएको अवस्था छ ।

कोरोना आफै आउने होइन हामि आफैले ल्याउने अवस्था हुन सक्ने भएको भन्दै यसलाई नियन्त्रण र प्रवेशमा रोक लगाउन सरकारले अहिले नेपाललाई लक डाउनको अवस्था सम्म पुराउनु पर्ने अवस्था आएको छ ।

बजार लागाएत सवारी साधनहरु ठप्प छ बजारमा सुरक्षाकर्मी र आवश्यक अनुसारको व्यक्ति भन्दा कोहि देखिएको छैन बजार सुनसान अवस्थामा छ । सवारीहरु साईकल लाई समेत रोक लागाईएको छ । लक डाउनको अवज्ञा गर्ने लाई हिजो बाट कानुनी अनुसारको कार्वाही पनि सुरु गरिएको छ ।

 

प्रतिक्रिया