शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

कटारीको बेलस्रोत करेन्टाइनमा थप ६ जना थपिए

 पूर्णपुष्टि/कटारी, चैत्र १३

कटारीको त्रिवेणी बेलस्रोत आर्मि व्यारेक करेन्टाइनमा बिहिबार थप ६ जना थपिएको छ । रोजगारको शिलशिलामा झापा नाका हुदै भारतको शिलगुढी बाट आएका लिम्चुङबुङ गाउँपालिका ४ का ३ जना र त्रियुगा नगरपालिका १५ का २ जना र त्रियुगा नगरापालिका ७ का १ जना गरी तीन पुरुष र तीन महिलालाई करेन्टाइनमा राखिएको सुरक्षा स्रोतले जनाएको छ ।

बुधबार पहिलो लटमा २१ जना आएको मध्ये १ जनालाई हस्पिटलमा र २० जनालाई भने करेन्टाइनमा राखिएको थियो । दोस्रो लटमा आएको थप ६ जना गरी २६ जना क्वारेन्टाइनमा राखिएको स्रोतले जनाएको छ । झापा प्रहरीको प्रत्यक्ष निगरानीमा उनिहरुलाई कटारीको वेलस्रोतको क्वारेन्टाईनमा ल्याइएको हो । १४ दिन सम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण स्वास्थ्यलाई घर पठाउने र संङखा भए थप उपचारमा लाने स्रोतले बताएको छ ।

 

 

प्रतिक्रिया

%d bloggers like this: