सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

तिहारको अन्तिम हटियामा किनमेल गर्नेको ठूलो भिड

पूर्णपुष्टि, कात्तिक १ गते ।

गाईघाट-तिहारअघिको अन्तिम हटियाका कारण उदयपुरको सदरमुकाम गाईघाटमा बुधबार किनमेल गर्नेहरुको ठूलो भिडभाड लाग्यो । तिहारका लागि आवश्यक सामानहरु खरिदका लागि गाउँगाउँका मासिनहरु आएकाले हटियामा भिडभाड लागेको हो ।

हटियामा माइतिपुज्ने विभिन्न रंगका अबीर, कोशेलीका लागि नरिवल, सुपारी, मिठाई, मिश्री, बदाम, काजु, किसमिस आदिको विक्री बढेको ब्यापारीहरुले बताए । त्यस्तै ढाकाटोपी, रुमाल र कपडाहरु पनि ठूलो मात्रामा विक्री भए । फलफुलहरुमा केरा, स्याउ, अम्बाको विक्री भएको छ ।

तिहारमा सायपत्री फुलको अभावदेखिएकाले प्लाष्टिक र कागजका माला पनि उत्तिकै मात्रामा विक्री भएका छन् भने घर सजाउन संगीविरंगी बत्तिहरुको विक्री पनि उच्चरुपमा रहेको छ । भोलीको लक्ष्मी पुजाका लागि लक्ष्मीको पोष्टरको विक्री पनि धेरै भएको व्यापारीहरुले बताए ।

प्रतिक्रिया