मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

जनप्रेमीको तिहार विशेष कार्यक्रम सम्पन्न, दर्शने र मनमायाले हसाउनसम्म हसाए

पूर्णपुष्टि, कात्तिक २ गते ।

गाईघाट–जनप्रेमी युवा मञ्च, उदयपुरद्वारा आयोजित तिहार विशेष सांगितिक कार्यक्रम बुधबार साँझ भब्यरुपले सम्पन्न भयो ।

कार्यक्रममा मेरी बास्सैबाट चर्चामा आएका अहिलेका लोकप्रिय हाँस्य कलाका सुरेश थापा “दर्शने” र उनकै कमेडी जोडी मनमायाको विशेष प्रस्तुती रहेको थियो । कमेडी जोडी दर्शने र मनमायाले दर्शकलाई पेट मिचिमिचि हाँस्ने बनाए ।

“हो अब, दर्शने हो, दर्शनेले गर्छ । दर्शनेले के गर्छ ? दर्शकलाई दर्शन गर्ने काम गर्छ ।” भन्ने आप्mनो परिचयात्मक शैलीबाट हँसाउन सुरु गरेका दर्शनेलाई श्रीमतीको भूमिकामा मनमायाले साथ दिएकी थिईन् । उनीहरुले सामाजिक विकृति विसंगतीलाई चोटिलो व्यांग्य गर्दै, सामाजिक एकता, जातीय सद्भावमा जोड दिन सन्देश दिएका थिए । अहिलेको फेसबुक कुलत र सामाजिक सञ्जालको दुरुपयोगलाई ख्यालठट्टाबाटै प्रस्तुत गर्दै कमेडी जोडीले नयाँपुस्ताले लागूऔषध दुब्र्यसन र कुलतबाट टाढै भएर सहिमार्गबाट अगाडी बढ्नुपर्ने सन्देश राखेका थिए ।

“हामी सबैको जिम्मेवारी, बनाऔं सभ्य दिपावली” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा प्रस्तुत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेकोे थियो ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष सुरेश गुप्ताले गरेका थिए भने सञ्चालन राकेश नेपाली र मञ्चका सचिव सम्झना परियारले गरेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष सन्तोष काप्mलेले गरेका थिए ।

जगदम्बा मोटर्स प्रालि, गजराज अटो ल्याण्ड, टिभिएस सोरुम गाईघाटको मूख्य प्रायोजन तथा चौदण्डी यातायातको सह आयोजनामा भएको हो । कार्यक्रममा अतिथि तथा सहयोगीहरुलाई आयोजकले मायाको चिनो प्रदान गरेको थियो ।

प्रतिक्रिया

%d bloggers like this: