सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

पिकनिकमा झडप, १ घाइते, ३ प्रहरी नियन्त्रणमा

पूर्णपुष्टि, कात्तिक ८ गते ।

गाईघाट–रातभर देउसीभैली खेलेर बटुलेको पैसाले पिकनिक खाने पुरानो चलनलाई निरन्तरता दिने हुँदा बुधबार गाईघाट स्थित पिकनिक स्पोर्टमा झडप भएको छ ।

जिल्ला प्रहरीका अनुसार पिकनिक खान गएका दुई समुहबीच झडप हुँदा एक युवा घाइते भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेका २२ बर्षिय यमन राई घाइते भएको हो । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेकोे छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवनका कारण झगडा भएको बुझिएको छ ।

त्रिनपा ११ ढिम्की स्थित पिकनिक स्पोर्टमा बुधबारमात्रै आधा दर्जन बढी समुह पिकनिकका लागि जम्मा भएका थिए । विगतका बर्षदेखि नै तिहारपछि एकसाता भन्दा बढि निरन्तर दैनिक दर्जनबढि पिकनिक खाने समुह जम्मा हुने स्थानीयहरु बताउछन् ।

पिकनिकलाई सभ्यढंगले मनाउने भन्दा पनि तडक भडक र मापासे गरे होहल्ला गर्ने र अनियन्त्रित ढंगले प्रस्तुत हुने हुदा झै झगडा र झडप समेत हुने गरेको स्थानीयको भनाई छ । तिहारमा संस्कृतिको रुपमा देउसी भैलो खेलेर पिकनिकमा विकृति देखाउनेलाई कारवाही हुनुपर्ने स्थानीय बताउछन् ।

प्रतिक्रिया

%d bloggers like this: