शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

अखण्डताका लागि मिल्न राज्यमन्त्रीको आग्रह

पूर्णपुष्टि/कात्तिक १४ गते ।

गाईघाट–महिला तथा वालवालिका समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले राष्ट्रको अखण्डताका लागि सबै पार्टी मिल्न आग्रह गरेकी छिन् ।

गाईघाटमा मंगलबार आयोजित अपांग तथा बृद्धबृद्धाहरुको सामाजिक न्याय विषयक अन्तरक्रियामा बोल्दै राज्यमन्त्री भट्टराईले देशलाई टुक्राउन नहुने भन्दै राष्ट्रिय अखण्डताका लागि आग्रह गरिन् ।

राप्रपा नेपालको केन्द्रिय सदस्यसमेत रहेकी राज्यमन्त्री भट्टराईले नेपालभुमीमा जन्मिसकेपछि जम्नभूमिका लागि केही न केही गर्नुपर्ने, पार्टी भन्दा माथि उठेर देशको लागि गर्नुपर्ने बताइन् । राष्ट्र अहिले तरल अवस्थामा रहेको भन्दै उनले राष्ट्रलाई शिरमा राखेर हिड्नु पर्ने र नेपाल मातालाई हसाँउनु पर्ने बताइए ।

प्रतिक्रिया

%d bloggers like this: