शनि, असार २७, २०७७
Sat, July 11, 2020

बृटिस–गोर्खाले चिन्नुपर्ने दमदार पत्रकार

लघु–कथा

नगेन चाम्लिङ

लण्डन शहरको एउटा चोक, दिउँसो तर चहलपहल भने कम । चारैतर्फ अग्ला ऐतिहासिक घरहरु भएको साँघुरो चौकमा १०–१५ जना भलाद्मी जस्ता देखिने नेपालीको समुह देखा पर्छन् । उनिहरु वृटिस सेनामा लामो समय सेवा गरेर अवकास भएका भुपुगोर्खाहरु बेलायत सरकारसंग कुटनीतिमा दक्खल राख्ने राख्छन् । उनिहरुलाई राम्रो थाहाछ कि बेलायतमा बृटिस–गोर्खाहरुलाई अपमान ब्यावहार छ भनेर । त्यसका खातिर उनिहरु कुटनीति बाटो अपनाउने गर्छन् । तर उनिहरुले सेवा–सुविधा जन्य समान हकहरुका बारेमा सार्वजानीक रुपमा कहिल्यै आवाज उठाएका थिएनन् । किन हो कुन्नी, आज उनिहरु पहिलो पटक हकको लागि सडकमै निस्किदैछन् । थोरै संख्याका यी समुहले के बुझे कुन्नी र अन्य समुह जस्तै आज एक्कासी विरोध ¥याली निकाल्दैछन् । सायद कुटनीति बाटो रोकिएको हुनुपर्छ । यही चौकको अर्को छेउमा भने अलिक ठुलो भिड देखियो । जहाँ ६०–७० जना जति भेला भएका होलान् । यो पनि बृटिसगोर्खाकै अर्को समुह रहेछ । जो ३०औं वर्ष पहिले देखिनै प्रतक्ष रुपमा शान्तिपुर्ण संघर्ष गरिरहेका छन् । थाहा भएन उनिहरुविच यस अघि कतिको तालमेल थियो । तर आज उनिहरु एकैठाउँमा आन्दोलन गर्न आएका जस्तो भान हुन्छ । साँघुरो चौक देखि करिव पाँच सय मिटर जति वर पश्चिममा सयौं मानिस जम्मा हुन मिल्ने अर्को खुल्ला चौक छ । दुवै चौकलाई जोडने पुर्व–पश्चिम फैलिएको एकदम सीधा र फराकिलो पिच बाटो छ । लण्डनको ब्यस्त सडक भएपनि गोर्खाहरुको विरोधलाई स्थानिय प्रशासनले सहयोग गरेर बाटो खाली गरिदिएको छ । यही बाटो भएर ति दुवै सानो र ठुलो समुहको ¥याली क्रमशः अघि–पछि भई लम्कन्छन् । खुल्ला चौकको नजीकै रहेको घरहरुको भुईतलाको कौशीमा ओत लागेर केही नेपालबाट आएका पत्रकारहरु तथा लण्डनका पत्रकारहरुपनि ¥यालीको प्रतिक्षामा हुन्छन् । सवै पत्रकारहरुलाई अवगद गराई सकेका छन् कि ¥याली खुल्ला चौकमा आएर समापन हुनेछ । ति मध्ये एक नेपाली पत्रकार भने संजोगले त्यहाँ पुगेका हुन्छन् । उनि खुल्ला चौकको प्रवेशस्थल नजिकै भ्यु पोईन्टमा उभिएर ¥यालीलाई सुरुदेखिनै नियालिरहेका हुन्छन् । ती पत्रकारको पापा पनि बृटिस–गोर्खाको सदस्य भएको नाताले अलिक ज्यादा उत्साहित देखिन्छ । केही समयको प्रतिक्षपछि दुवै समुहको ¥याली खुल्ला चौकमा प्रवेश गर्छन् । यतिकैमा सवै पत्रकारहरु भेलामा आएर विवरण लिन सुरु गर्छन् । ¥यालीका अगुवाहरुले केके–केके माग भएको मन्तब्य दिने क्रम चलिरहेको हुन्छ । संजोगले कार्यक्रममा पुगेका पत्रकारले आफ्नो रिपोर्टिङ गर्ने क्यामरा डेरामानै छोडेको हुनाले अलिक अलमलिएको देखिन्छ । कार्यक्रमका एक गोर्खा सहभागिले अलमलिएको थाहापाएर यो पत्रकार नभएर अरुनैपो होकी भनेर केरकार गर्छ । ती संजोगले पुगेका पत्रकारलाई आफु पत्रकार हो र बर्षैंदेखि भुपुगोर्खाको बारेमा समाचारहरु लेखेको भनेर परिचय दिने प्रयास गर्छ । तर त्यहाँ अझै विवाद चलिनै रहन्छ । यसै क्रममा नेपालबाट आएका एक पत्रकारले विवाद थाहापाउँछ । उसले ती क्यामरा नहुने पत्रकारलाई चिनेको हुन्छ र जवाफ दिन्छ, उहाँसंग क्यामरा नभएर के भोतरु उहाँको मिडियामा राम्रो पहुँच छ । फोटो चाहिए हामी सेयर गरिहाल्छौं । समाचार कभरेजको चिन्ता होला, त्यो तपाईंले सोँचेको भन्दा धेरै राम्रो हुन्छ । यती भनि सक्दा नसक्दै, हलमा चलचित्र हेर्दा मध्यान्हमा ढोका खोल्दा वाहिरको रोसनी आँखामा पर्दा कस्तो अनुभव हुन्छ, त्यस्तै हुनेगरी झ्याल बाट उज्यालो आईरहेको रहेछ, ओच्छ्यानमा, ओहो।।।सपना १ सपनाले छाडेपछि पनि चिम्सो आँखाहरु अर्ध निद्रामै झिम–झिम, झिम–झिम भैरहयो । पुर्ण ब्युझनु भन्दा अघि आँखा झिम–झिम गर्दै सोच्यो सपना लम्बिएको भए हुने थियो । अनि मनमनै भुत–भुती रहयोे, थाहापायौ हैन आन्दोलनका अगुवाहरु म कतीको दमदार पत्रकार रहेछु १ यतिकैमा धाराको चिसोपानी अनुहारमा छम्कन पुगेछ, अनि झसंग भई सपना संझियो, सपना भन्दापनि सपनाले छाड्दै गर्दाको मनस्थिती “दमदार पत्रकार” भनेर आँफै भुतभुतिएको संझेर एक्लै हाँस्छ, मुसु–मुसु, मुसु–मुसु ।

प्रतिक्रिया

%d bloggers like this: