आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

पेनाल्टी सुटआउटबाट चर्च ब्वाईजको जीत

पूर्णपुष्टि, कात्तिक १८ गते ।

बसाहा-उदयपुरको चौदण्डीगडी नगरपालिका ४ बसाहामा आयोजित नारदमुनी गोल्डकप फुटबल प्रतियोगिताको सनिबार भएको खेलमा चर्च ब्वाईज युनाइटेड काठमाडौंले दमक एफसी झापालाई टाईवेकरमा २ को विरुद्ध ४ गोल गर्दै जीत हात पारेको छ ।

बसाहा क्लवको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगिताको दोस्रो दिन निर्धारित समायमा खेल बराबरी १÷१ गोलमा टुंगिएको थियो ।

खेलको १६ औं मिनेटमा झापाका प्रविन राईले गोल गरेका थिए । भने खेलको अन्तिम समयमा चर्च ब्वाईजका जङ्बु शेर्पाले १ गोल फर्काएपछि खेल वराबरीमा टुंगिएको थियो । बराबरीमा खेल टुंगिएपछि जीतको छिनोफानो गर्न भएको पेनाल्टी सुटआउटमा चर्च ब्वाईजको तर्फबाट ४ र दमक एफसीको तर्फबाट २ गोल भएको थियो ।

पेनाल्टी सुटआउटमा चर्च ब्वईजको तर्फबाट बर्षात गुरुङ, जङ्बु शेर्पा, बिसाल गुरुङ र मेसिया एकबुलाले गोल गरेका थिए भने झापाको तर्फबाट कर्ण लिम्बु र दिलेन लोक्तेनले गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका गोलरक्षक किशोर गिरी घोषित भए । आयोजकले उनलाई नगद ३ हजारसहित पुरस्कृत गर्नुभयो । भोलीको खेल सप्तरी ११ र व्वाईज युनियन काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: