शनि, असार २७, २०७७
Sat, July 11, 2020

लकडाउनको ५१ औं दिन आज, कोरोना संक्रमण घट्ने भन्दा बढ्दे संकेत

सम्पादकीय

सरकारले नेपालमा पहिलोपटक चैत ११ गते एकसाता अवधीको लकडाउन घोषणा गर्यो । कोरोना संक्रमिणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिदै आज ५१ औं दिन पुगेको छ ।

सरकारले चैत ११ देखि १८ गते विहानसम्म भनेकोमा संक्रमणको अवस्था जटिल नै देखिएपछि पहिलोपटक २५ गतेसम्म्लाई थप्यो । दोस्रो पटक २५ देखि वैशाख ३ गतेसम्म थप्यो । ३ देखि १५ गतेसम्म थप्यो, १५ गतेदेखि २५ गतेसम्म थप्यो र २५ गतेदेखि पनि अवको जेठ ५ गतेसम्मलाई पाँचौ पटक थप गरेको छ । यसबीचमा आज ५१ दिन पुगेको हो ।

लकडाउन यति लम्बिदा पनि सरकारको कोरोना संक्रमण नियन्त्रणको प्रयास भने नियन्त्रण होइन, नियन्त्रण बाहिर होला कि भन्ने अवस्थामा पुगेको छ । दिनप्रतिदिन संक्रमित तिब्ररुपले बृढि हुदै गएको छ । धमाधम विभिन्न जिल्लाहरुमा परिक्षणको क्रम चलेसंगै संक्रमितहरु भेटिदै गएका छन् । आज यो सम्पादकीय तयार पारिन्जेलसम्ममा नेपालमा २ सय १९ जना संक्रमित पुष्टि भईसकेका छन् । हिजो र आजमा मात्रै ८३ जना थपिएका हुन् । आज बेलुकासम्ममा कति थपिने हो रिपोर्ट आउन बाँकी नै छ ।

यसबीचमा सबैभन्दा बढि पर्सा जिल्लामा ८२ जना छन् । त्यसपछि उदयपुरमा ३२ छन् । दुईदिनअघिसम्म उदयपुर अगाडी थियो । तेस्रो संख्यामा बाँके २५ जना, चौथोमा रुपन्देही १६ रहेको छ । त्यस्तै पाँचौ स्थानमा काठमाडौं ६ जना, कैलाली ४ जना छन् । रौताहट ३, बारा ३, बाग्लुङ २, चितवन २, झापा २, सर्लाही २, महोत्तरी २, धनुषा २, भक्तपुर २, वर्दिया १, भोजपुर १, कञ्चनपुर १ र सप्तरी १ रहेका छन् ।

यतिबेला धमाधम संक्रमित देखिनुको कारण यसअघि सरकारले परिक्षण नै नगरेर नदेखिएको भन्ने बुझिएको छ । सरकारले यसअअघि भुल्केमा वैशाख ५ गते एकैदिन १२ जना कोरोना संक्रमित पुष्टि हुदादेखि नै सबै जिल्लामा परिक्षणलाई तिब्रता दिएको भए यतिका धेरै फैलने अवस्था नहुन सक्थ्यो । तर, ढिलाई गर्दा आज धेरै फैलिसकेको अवस्था छ । अझ परिक्षणमा ढिलाई गरिए कोरोना भयावहरुपमा फैलने आशंका गरिदैछ ।

लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको छ । मानवीय दैनिक जनजीवन कष्टकर बनेको छ । खाद्यन्न लगायत अभाव तथा आवतजावतमा समस्या परेको छ । तथापी नागरिकहरु लकडाउन पालना गरेर घर बसिरहेका छन् ।

पछिल्लो समय सरकारले आइतबारदेखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाँप बढेको छ । देशैभर लकडाउन अवज्ञाको अवस्था बढ्दो छ ।

यसरी लकडाउनको अवज्ञा बढ्नु र संक्रमितको संख्या बढ्दै जानु एकैसाथ हुदा नेपालमा कोरोना संक्रमणको अवस्था भयावह हुनसक्ने देखिएको छ ।

विभिन्न उद्योग, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीका सवारी साधनको चाँप अत्याधिक छ । सरकारले सामाजिक दुरी कायम गराउन उपयुक्त निर्णय गर्न नसक्दा सडकमा सवारी चाँप बढेको छ भने मानवीय भिडभाड त्यतिकै देखिन्छ । विभिन्न खाद्य पसल, औषधि पसल लागयतका अत्यावश्यक बाहेकका पसलहरु पनि सञ्चालनमा आएका छन् । सरकारले गत साता खाद्यान्न, उत्पादन र प्रशोधन, दूध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानीलगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको थियो । सरकारले निर्णय गरे बाहेकका कुराहरु प्नि खुलेआम जस्तो सन्चालन देखिदा संक्रमण फैलनेमा जोखिम थपिएको छ ।

सरकारबै लकडाउनको ५१ दिनकोबीचमा नागरिकहरुलाई घरमा थुनेर राखिरहदा कोरोना नियन्त्रणका प्रभावकारी कदम नचालेको टिप्पणी भईरहेको छ । नागरिकहरु घरमा थुनिएर बसिरहदा, जनताले लकडाउनको पालना गरिरहदा सरकारले धमाधम अति जोखिम र संकास्पद स्थानमा परिक्षणलाई तिब्रता दिन सकेको भए, अहिलेको भयावह स्थिति पहिले नै नियन्त्रण हुन पनि सक्थ्यो । तर, परिक्षणका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभावलाई परिपूर्ती गर्न नसकेको सरकारले अव पनि ढिलाई गर्न हुदैन । अझै पनि नियन्त्रणका लागि मौका रहेको विज्ञहरुको भनाइ छ । तर तदारुक्ताका साथ सरकार लाग्न जरुरी छ भने नागरिकहरुले पनि यसमा संयम्ता अपनाई, लक डाउनको पूर्ण पालना गरेर सहयोग गर्न जरुरी छ । कोरोना नियन्त्रणमा सबै एकसाथ जुटौं र नियन्त्रणमा सफल बनौं ।

 

प्रतिक्रिया

%d bloggers like this: