बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

नयाँ नेतृत्वको उदयपुर सांस्कृतिक प्रतिष्ठानले घुम्ति सांस्कृतिक अभियान गर्ने

पूर्णपुष्टि/कात्तिक २८ गते ।

गाईघाट–सप्तक कला केन्द्र, उदयपुरको सोमबार गाईघाटमा सम्पन्न नवौं साधारणसभाले संस्थालाई उदयपुर सांस्कृतिक प्रतिष्ठान नेपालको नाम दिदै नयाँ कार्यसमिति चयन गरेको छ ।

जिल्लाको सांस्कृतिक क्षेत्रलाई बृहदरुपमा समेट्ने उद्देश्यका साथ उक्त नाम दिएको संस्थामा शैलेन्द्र खतिवडाको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्बसहमत चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्ष कुमारी मास्के, उपाध्यक्ष शसीचन्द्र राई, महासचिव विनोद श्रेष्ठ, सचिवहरु श्याम याक्तेन, भरतमनी दाहाल, कोषाध्यक्ष रमेशचन्द्र ढुंगाना, सहकोषाध्यक्षहरु नारायण दनुवार र सुपक बस्नेत रहेका छन् । त्यस्तै सदस्यहरुमा मिरा गुरागाई, बुद्धिमान तामाङ, रामनारायण चौधरी, मिरा विक, निसा पराजुली, ध्रुबप्रसाद छिमिरे, दिनेश लामा, शोभा तामाङ, संजिब राई (शिसिर), सुरेस चौधरी, नयन्द्र राई, टम्पसेर राई, रोसन राई रहेका छन् । अन्य तीनजना भने पछि मनोनित गरिने जनाइएको छ । जसबहादुर कार्कीको अध्यक्षताको बन्दसत्रको तीनसदस्यीय अध्यक्ष मण्डलले आधिकारिकता प्रदान गरेको समितिमा सबै नगरपालिका, गाउँपालिकाका भुगोलबाट प्रतिनिधित्व समेटिएको जनाइएको छ ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको उद्घाटन शत्रमा विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो । अतिथिहरुले संस्थालाई शुभकामना मन्तब्य दिएका थिए भने सहभागि कलाकारहरुले आ आफ्नो कला प्रस्तुत गरेर कार्यक्रमलाई भब्य पारेका थिए । कलाकारहरुले नृत्य, गायन लगायतका कला प्रस्तुत गरेका थिए ।

विधान संसोधन प्रस्ताव, आर्थिक तथा सांगठनिक प्रस्तावलाई सर्बसहमत पास गरेको साधारणसभाले घुम्ति सांस्कृतिक अभियान मार्फत जिल्लाको सांस्कृतिक क्षेत्रको विकास गर्दै लैजाने योजनासमेत तय गरेको अव निर्बाचित अध्यक्ष खतिवडाले बताए ।

प्रतिक्रिया

%d bloggers like this: