शनि, असार २७, २०७७
Sat, July 11, 2020

कोरोनाले गर्दा बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द

पूर्णपुष्टि, जेठ २ गते । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण कम नभएकाले बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द भएको छ । कोरोनाको कारण सेप्टेम्बर ६ देखि १३ ताखिरसम्म हुने भनिएको प्रतियोगिता रद्द भएको हो ।

बेलायतमा कोरोनाको संक्रमण कम नभएपछि आयोजकले प्रतियोगिता रद्द भएको जनाएको छ ।

यसका साथै महिलातर्फ हुने टुर अफ योर्कसायर पनि रद्द भएको छ । आयोजकले २०२१ को टुर अफ ब्रिटिस सेप्टेम्बर ५ देखि १२ सम्म हुनेछ । प्रतियोगिता रद्द हुनुको अर्थ यो बर्ष बेलायतमा साइक्लिङका कुनैपनि खेल हुनेछैनन् ।

२०१९ मा भएको यो रेसमा १.५ मिलियन दर्शकले हेरेका थिए । यसपटक पनि समर्थक उपस्थित गराउन उचित नहुने भएपछि रेस नै स्थगित गरिएको जनाईएको छ । आयोजकले आगामी सिजनमा हुने प्रतियोगीताको लागी तयारी गर्न टिमहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

%d bloggers like this: