बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

सन्देशको “समर्पित” सार्बजनिक

पूर्णपुष्टि/मंसीर २ गते ।

काठमाडौं–शनिबार राजधानीमा एक एल्बम सार्वजनिक भएको छ । इलामे गीतकार सन्देश सोङमेन राईको डेब्यु एल्बम ‘समर्पित’ सार्बजनिक भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई, मोडल दिक्पाल कार्की लगायतले एल्बम सार्वजनिक गरे ।

भुवन सुप्तिहाङ राई, आलोकश्री, चित्रलाल शर्मा र किरण माइकलको संगीत र कुमार कान्छा, राजेशपायल राई, रामकृष्ण ढकाल, सत्यकला राई, नरेन्द्र प्यासी, मल्लिका कार्की, जगदीश समाल, भुवन सुप्तिहाङ राई र मिङ्मा शेर्पाको स्वर रहेको सो एल्बमलाई गीतकार सन्देशले झापाको बिर्तामोडमा सडक दुर्घटनामा ज्यान गुमाएका आफ्ना दाजु प्रति समर्पित गरेका छन् ।

कार्यक्रममा सदस्य सचिव रसिकले पछिल्लो समयमा संगीत क्षेत्रमा युवापुस्ताको आगमन सुखद बनिरहेको बताए । उनले सन्देशले राम्रा शब्द संगीत पारखीलाई दिएको बताए ।
एल्बमका संगीतकार तथा एल्बम उत्पादक परी सिने संगीतका भुवनले निकै लामो मेहनतपछि सन्देशले एल्बम ल्याएको जानकारी दिए ।

एल्बममा ‘छाडीगएँ आमा तिमीलाई’, ‘आफ्नो ठानेर’, ‘अरु खै के मागुँ’, ‘कस्तो माया लाएनी’, ‘सकेछु भने जिन्दगी’, ‘जुनतारा साक्षी राखी’, ‘हिँडेकै छु भाग्य खोज्दै’, ‘कन्याम राम्रो’, ‘लजालु लजालु’ र ‘मरिसके सबै रहर’ बोलका गीत छन् ।

प्रतिक्रिया