बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

श्रीमद् भागवत पुराण सुरु

पूर्णपुष्टि/मंसीर ४ गते ।

बगाहा–नेपाल तीर्थ प्रकास संघ उदयपुरको तेस्रो वार्षिक उत्सवको अवसरमा आइतबारदे िश्रीमद्ध भागवत ज्ञान सागर धनधान्याञ्चल महायज्ञ सुरु भएको छ ।

त्रियुगा नगरपालिकाको वडा नं. ४ र ५ बगाहामा आइतबारदेखि सुरु महायज्ञको एक समारोहकाबीच त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उद्घाटन गर्नुभयो ।

वेदन्ताचार्य सुश्री शुभद्रा नेपालले कथा वाचन गर्नुहुने पुराण आगामी मंसीर १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । दैनिक भजनकृतनसहित सञ्चालन हुने पुराणबाट संकलित रकमले संघले निर्माण गर्न लागेको नेपालकै नमुना तीर्थ संग्राहलय निर्माणमा खर्च गरिने केन्द्रिय सदस्य निगमकुमार कोइरालाले जानकारी दिए ।

जिल्लामा रहेका तीर्थ स्थलहरुलाई प्रचारमा ल्याएर उदयपुरमा तीर्थ स्थलको विकास गर्दै धार्मीक पर्यटन प्रवद्र्धनका उदेश्य संघको रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: