शनि, असार २७, २०७७
Sat, July 11, 2020

त्रियुगा नगर क्षेत्रका बैँकहरुको संचालन तालिका सार्वजनिक, दैनिक कम्तिमा पाँचवटा संचालन हुने

पूर्णपुष्टि, जेठ ९ गते । 

त्रियुगा नगरपाकिला क्षेत्रमा रहेका २० वटा बैँक तथा वित्तिय सस्थाहरुको शाखा संचालन समय तोकिएको छ । बैँक तथा वितिय संस्थाहरुको समन्वयमा त्रियुगा नगरपालिकाले आज सुचना सार्वजनिक गर्दै संचालन समय तोकेको हो ।

शनिबार बाहेका सवै बार कम्तिमा पाँच वटा बैँक, विहान १० बेजेदेखि दिउँसो १ बजेसम्म खुल्ने गरी समय तालिका सार्वजनिक गरिएको राष्ट्रिय बाणिज्य बैँक शाखा गाईघाटका प्रबन्धक शिव पौडेलले जानकारी दिनु भयो ।

पौडेलका अनुसार, नेपाल सरकार तथा विश्व स्वस्थ्य संगठनले सुझाएका सर्तकतासहित सेवा प्रदान गर्ने गरी वैँकहरुको संचालन समय तोकिएको हो ।

सर्वासाधरणका सेवाको हितलाई ध्यानमा राखी त्रियुगा नगर क्षेत्रमा रहेका बैँक तथा वित्तिय क्षेत्रहरुसँगको समन्वयमा नगरपालिकाले समय तालिका तोकेर आज सार्वजनिक गरेको मेयर बलदेव चौधरीले बताउनुभयो । समय तालिका नतोकिदा सर्वसाधरणहरु अनावश्यक दुःख पाउने र लकडाउनको उल्लंघनसमेत हुने गरेको थियो । अव तालिका तोकिएपछि सम्बन्धित बैँक तथा वित्तिय संस्थामा हुने कामका लागी निश्चित भएर सर्वसाधरण आउने बातावरण बेनको छ ।

सार्वजनिक भएको तालिका अनुसार एनआईसी एसिया बैँक, नेपाल क्रेडिट एण्ड कमर्स बैँक र कामना सेवा विकास बैँक बाहेका बैँक तथा वित्तिय संस्थस्थाहरु २/२ दिन संचालन हुने छ ।

राष्ट्रिय बाणिज्य बैँक आईतबार र बुधबार संचालन हुने छ भने सिभिल बैँक पनि आईतबार र बुधबार नै संचालन हुने छ । त्यस्तै आईतबार र बुधबार नै संचालन हुनेमा माचापुच्छ्रे बैँक, नेपाल बैँक, ज्योति विकास बैँक, सनराईज बैँक (शाखा गाईघाट), नेपाल ईन्भेष्टमेन्ट बैँक संचालन हुने छन् ।  रहेका छन् । ग्लोवल आईएमई बैँक आईतबार र विहिबार संचालन हुने छ ।

त्यसैगरी सोमबार र विहिबार सिद्धार्थ बैँक, सिटिजन ईन्टरनेश्नल बैँक, नविल बैँक संचालन हुने छन् । लक्ष्मी बैँक आईतबार र शुक्रबार संचालन हुने छ । त्यस्तै सानिमा बैँक, कृषी विकास बैँक, सिटि एक्सप्रेस फाईन्नान्स लि. र सनराईज बैँक (जलजले शाखा) मंगलबार र शुक्रबार संचालन हुने छन् । प्रभु बैँक मंगलबार र विहिबार संचालन हुने छ ।

एक दिन संचालन हुने बैँकहरु एनआईसी एसीया बैँक विहिबार, कामना सेवा विकास बैँक सोमबार र नेपाल क्रेडिट कमर्स बैँक बुधबार संचालन हने छन् ।

रावा बैँक शाखा प्रवन्धक पौडेलका अनुसार बैँकहरुको संचालन समय आवश्यकता अनुसार आपसी समन्वयबाट थप घट वा परिवर्तन पनि हुन सक्नेछ ।

तल हेनुस् बैँकहरुको समय तालिका :

प्रतिक्रिया

%d bloggers like this: