शनि, असार २७, २०७७
Sat, July 11, 2020

सरकारले ५७ अर्व ऋण ति¥यो

पूर्णपुष्टि, जेठ ९ गते । 

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपाल सरकारले करिब ५७ अर्ब रुपैयाँ ऋण तिरेको छ ।

९ महिनामा आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा र १४ अर्ब ४९ करोड ब्याज गरी ४१ अर्ब चार करोड रुपैयाँ भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाह्य ऋणतर्फ साँवा १२ अर्ब ९८ करोड रुपैयाँ र ब्याज २ अर्ब ८० करोड गरी १५ अर्ब ७८ करोड रुपैयाँ  भुक्तानी गरेको मन्त्रालयले जनाएको छ । योसँगै नौ महिनामा सरकारले ५६ अर्ब ८२ करोड रुपैयाँ ऋण तिरेको हो ।

अव कुल ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिक ऋण ४ खर्ब ८१ अर्ब ५२ करोड रुपैयाँ र वैदेशिक ऋण ७ खर्ब १४ अर्ब सात करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: