शनि, असार २७, २०७७
Sat, July 11, 2020

कोरोना स्कोरमा ‘उदयपुर’ पहिलोदेखि छैटौँ स्थानसम्म

लेख

भोेटराज राई
जेठ १० गते । 

गत बैशाख ५गते १ न. प्रदेशकै पहिलो घटनाको रुपमा कोरोना संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा देशकै सवै भन्दा ठूलो संख्यामा १२ जना पुष्टि हुदा देशभरको संख्या ३० थियो ।

२०७६ माघ १० गते कोरियाबाट आएका एक नागरिकमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको नेपालमा कोरोना संक्रमितको संख्या आज ६ सय पुग्न ९ अंक मात्र बाँकी छ । देशमा बैशाख महिनाको तेस्रो हप्तादेखि तिब्र रुपमा बृद्धि देखिएको छ । बैशाख २१ गते नेपालमा संक्रमितको संख्या ७५ मात्रै थियो । १७ दिनकै अन्तरालमा ५ सय बढी संख्या थपिएको देखिन्छ । यस हिसावले दिन दुई गुणा रात चौगुणा संक्रमित थपिएको अवस्था छ । लामो समय संक्रमितको संख्या स्थिर देखिएर पछिल्लो समय तिब्र देखिनुमा विगतमा परिक्षणको दायरा अगाडी नबढाउनु प्रमुख कम्जोरी देखिएको छ ।

पछिल्लो समय स्वास्थ्य सामाग्रीहरुको उपलब्धताका साथै परिक्षणका दायरा बढाउनुका कारण संक्रमित धमाधम पुष्टि भईरहेका छन् । जुन बेला उदयपुरमा १२ जना पुष्टि भए त्यसै बेला देखि देश भर परिक्षणको दायरा बढाएको भए संक्रमणको यो ठूलो रुप नहुन सक्थ्यो । तर सरकारले स्वास्थ्य सामाग्रीहरु जोहो गर्न नसक्दा परिक्षणको दायरा बढाउन नसकेको बुझिन्छ । सरकारले नेपालमा कोरोना नियन्त्रणमा छ, अथवा फैलिएको छैन भन्दै वक्तब्य दिईरहदा भित्र–भित्रै कोरोना सल्कि रहेको अहिले प्रष्ट भयो । त्यस बेला परिक्षण नगरेकै कारणले संक्रमित नदेखिएको र कोरोना नियन्त्रित जस्तो देखिएको अहिले बुझिएको छ ।

अहिले धमाधम परिक्षणको दायरा अगाडी बढाईएको छ । यो जरुरी पनि छ । सरकारको यो कदम जायज छ । ४१ जिल्लामा संक्रमित देखिसकेको छ । १ नं प्रदेशमै सात जिल्लामा संक्रमित देखि सकेको छ । १४ जिल्लामध्ये उदयपुर, खोटाङ, सुनसरी, धनकुटा, भोजपुर, मोरङ र झापामा देखिएको छ । केहि दिन अघि मात्र झापामा उदयपुर भन्दा तीन बढी ३६ जना संक्रमित देखिएका छन् । त्यसपछि धनकुटामा ६ जना, मोरङ ५ जना, सुनसरी ३ जना, खोटाङ र भोजपुरमा १/१ जना छन् । भारतसँगको खुल्ला सिमा नाकाका कारण झापामा भारतबाट प्रवेश गर्ने बढी देखिएका छन् । योसँगै त्याहा संक्रमिणको उच्च जोखिम १ नं प्रदेशकै सवै भन्दा बढी रहेको छ । सवै भन्दा बढी बाँके (१ सय ४२ जना संक्रमित) त्यसपछि पर्सा जिल्ला रहेको छ । पछ्याउँदै गरेको जिल्लाहरुमा कपिलवस्तु, रुपन्देही, झापा रहेका छन् । सुरुमा लामो समय उदयपुर देशमा संख्याको हिसावले पहिलाे स्थानमा थियाे अहिले छैटाैं स्थानमा छ । उदयपुरको संख्या ३३ हो । उदयपुरलाई १ न. प्रदेशकै झापाले उछिनेको छ । झापामा ३६ पुगेको छ । यस हिसावले उदयपुर जिल्ला भन्दा बढी संक्रमितको अवस्था अन्य जिल्लामा देखिएको छ । उदयपुर जिल्लामा बेलैमा संक्रमित देखिनुले बैलै देखि नियन्त्रणको पहल भैरहेकाले संक्रमित बढेको स्थिति छैन । देशभरका संक्रमित उपचारपछि ७९ जना घर फर्किएका मध्ये २३ जना उदयपुरका मात्र हुन । अव बाँकी १० जना मात्र अस्पतालमा उपचाररत छन् । समग्रमा हेर्दा उदयपुर जिल्ला समयमै संक्रमित देखिनु र नियन्त्रणका कदम अगाडी बढाउनु साथै संक्रमितलाई उपचारमा लैजानु, जिल्लाको हकमा सुखद देखिएको छ । निको भएर फर्किनेको संख्या पनि ठूलो हुनु अर्को सुखद कुरा हो ।

अवका दिनमा उदयपुरका छिमेकी जिल्लाहरुमा फैलदो संक्रमणका कारण उदयपुर प्रभावित नहुने किसिमले थप नियन्त्रणको कदम चाल्न जरुरी देखिन्छ । अहिलेसम्मको हकमा उदयपुर कोरोना संक्रमण नियन्त्रणको हिसावले सफल मान्न सकिन्छ । यसका लागी स्थानीय प्रशासन, सुरक्ष निकायहरु, स्वास्थ्य कार्यालय, स्थानीय सरकार, प्रदेश र केन्द्रिय सरकारको पहल कदमी तथा भुमिका सराहनिय छ । साथै संचारजगत, नागरिक समाज, व्यापार व्यावसायी र आमनागरिकको सकारात्मक सहयोग अनुकरणीय छ ।

अवका दिनमा यी सवै निकाय तथा क्षेत्रको यस्तै भुमिका र योगदानको जरुरी कायमै छ । किन भने कोरोना नियन्त्रणको चुनौती र संक्रमणको उच्च जोखिम कायमै रहेकाले नागरिकको उच्च सर्तकता र सम्बन्धि निकायको प्रभावकारी पहल र प्रयास जरुरी छ ।

राज्यले परिक्षणको दायरालाई तिब्र र फारकिलो पार्दै नियन्त्रणका कदम अगाडी बढाई रहदा उदयपुरबासीले अझ केहि समय यसरी नै आफ्ना सकारात्मक भुमिका र योगदान प्रस्तुत गरेको खण्डमा उदयपुरमा कोरोना फैलने र थप भयाभह स्थिति सिर्जना हुनबाट रोकिन सक्छ । चार वडा गाउँपालिका र चार वटा नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा हालसम्म त्रियुगा नगपालिकामा मात्रै संक्रमित सिमित छन् । अन्य सात पालिकाहरुले थप सतर्कता अपनाई संक्रमण फैलन नदिन तैनाथी गर्नु जरुरी छ ।

अन्तमा, गएको जेठ २ गते एक संचारकर्मीलाई कोरोना पुष्टि भएसँगै त्रियुगा नगरपालिकाको एक समुदायबाट बाहिरिएको अवस्था हो । ३२ जना वडा नम्बर ३ भुल्केका मात्र हुन भने एक जना समुदाय बाहिर गाईघाटमा बसोबास गर्ने एक संचारकर्मी युवा हुन् । यस हिसावले पनि कोरोनाको संक्रमण नियन्त्रण बाहिर पुगि सकेको अवस्था छैन । नियन्त्रण गर्न सकिने अवस्था देखिन्छ । तर यस प्रति सिंगो जिल्लाबासीको सतर्कता जरुरी छ । यसप्रति सवै सचेत र सर्तक बन्दै कोरोना नियन्त्रण तर्फ पूर्ण रुपले लागी पर्न जरुरी छ ।

प्रतिक्रिया