शनि, असार २७, २०७७
Sat, July 11, 2020

तत्काल स्वदेश फर्कनु पर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह

पूर्णपुष्टि, जेठ १४ गते ।

बहराइनबाट तत्काल स्वदेश फर्कनु पर्ने अवस्था भएका नेपालीलाई बहर्राइनमा रहेको नेपाली दूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ ।

यस अघि नेपालीहरुको समस्या सम्बोधन गर्न र सहजिकरण गर्नको लागि अनलाइन फारम भर्न दुताबासले लगाएको थियो ।

अनलाइन फारम मार्फत प्राप्त भएका विवरणको आधारमा तत्काल नेपाल फर्कनुपर्ने बताएका तर त्यहाँ उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको भन्दै समस्यामा परेकाहरुलाई तुरुन्तै सम्पर्क गर्न दूतावासले आग्रह गरेको जनाएको छ ।

यस्तो समस्या भएकालाई दूतावासको टेलिफोन नम्बर १७७२५५८३ र फ्याक्स नम्बर १७७२०७८७ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । यस्तै श्रम सहचारी दामोदर दाहल, शकिल अहमद शेख र गोपी बिक्रम भट्टराईलाई मोबाइल नम्बर ३२०९५०४१, ३५४२७७१७, ३५५४७९५१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: