शनि, असार २७, २०७७
Sat, July 11, 2020

संघीय सांसद् राईद्वारा अग्रपंतीमा खटिएका तीन’कर्मीलाई पिपिइसेट प्रदान

पूर्णपुष्टि, जेठ १८ ।

संघीय सांसद सुरेशकुमार राई (हिमाल) ले कोरोनाको जोखिममा खटिने पत्रकारहरुका लागि १० थान पिपिइ सेट प्रदान गर्नुभएको छ ।

सांसद राईले आज नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कालाई पिपिइसेट प्रदान गर्नुभएको हो । प्राप्त पिपिइ सेट आवश्यकता अनुसार खटिने पत्रकारलाई उपलब्ध गराउने अध्यक्ष खड्काले बताउनुभयो ।

सांसद राईले त्रियुगा नगरपालिकाको लागि मेयर बलदेव चौधरीलाई पिपिइसेट प्रदान गर्नुभयो । उहाँले त्रियुगा लगायत जिल्लाको आठवटै स्थानीय तहलाई पनि पिपिइसेट प्रदान गर्नुभएको छ । साथै सुरक्षाकर्मीहरुका लागिसमेत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराएको जनाइएको छ ।

कोरोना विरुद्ध अग्रपंतीमा लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई सुरक्षाकवचको रुपमा पिपिइसेट प्रदान गरेको सांसद राईले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: