शनि, असार २७, २०७७
Sat, July 11, 2020

कर्णालीमा फेरी थपियो ३२ जना संक्रमित

पूणर्पुष्टि, जेष्ठ, १९

कर्णाली प्रदेशमा ३२ जना संक्रमित फेरी थपिएका छन् । सोमबार कर्णाली प्रदेशका बिभिन्न जिल्ला सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका ५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिनुयभो । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कंडेलका अनुसार दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र  १० का १६ जना, महावु गाउँपालिका(३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

प्रतिक्रिया