शनि, असार २७, २०७७
Sat, July 11, 2020

रुकुम घटना : दलित सांसदको नेतृत्वमा छानविन समिति गठन गर्न काँग्रेको माग

पूणर्पुष्टि, जेष्ठ, १९

रुकुम हत्याकाण्ड बारे निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले माग गरेका छन् । रुकुमकी मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए ।

नेपाली कांग्रेका सांसद मान बहादुर विश्वकर्माले सभामुख अग्निप्रसाद सापकोटासँग ’संसदीय समिति गठनको माग गर्नुभयो, यस विषयमा संयुक्त राष्ट्रसंघले पनि निष्पक्ष छानबिन गर्न माग गरेको छ । दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समित गठनको माग गर्दछौं सांसद विश्वकर्माले भन्नुभयो ।’

सामान्य कर्मचारीको नेतृत्वमा गठित छानबिन समितिले न्याय दिन नसक्ने भन्दै संसदीय समिति गठनको माग कांग्रेसले गरेको हो । गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा विश्वास नरहेको बताउँदै संसदीय छानबिन समित गठनको माग गरेको विश्वकर्माले बताउनुभयो । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी दिँदै यसको तत्काल माग पुरा हुनेमा आफु ढुक्क रहेको उहाँले बताउनुभयो ।’गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा आफुहरु विश्वास नरहेको भन्दै संसदीय छानबिन समित गठनको माग गरेको विश्वकर्माले बताउनुभयो ।‘

गृहमन्त्री रामबहादुर थापाले संसदमा भनेजस्तो गाउँलेले युवापक्षलाई लखेट्दा भेरी नदीमा हाम फालेको भनेजस्तो नभइ युवाहरूलाई मारेर भेरी नदीमा फालेको मृतकहरूको पोष्टमार्टम रिपोर्टले देखाएको विश्वकर्माले बताउनुभयो । उहाँले उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरेमा कठोर कदम चाल्ने बाराम्बार चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: