शनि, असार २७, २०७७
Sat, July 11, 2020

लिम्चुङबुङ सेरोफेरो -फोटोफिचर

फोटोफिचर

पूर्णपुष्टि, जेठ २५ ।

उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका विकट ठाउँमा रहेकाे सानाे गाउँपालिका भएपनि प्राकृतिक हिसावले सुन्दर पालिका हाे । पालिका हराभरा वनपाखा, खाेलानदि, झरनाले सजिसजाउ छ ।  विविध जातजाती, धर्म, संस्कार, संस्कृतिकाे पनि धनि लिम्चुङबुङ गाउँपालिकाले राम्रा, नराम्रा सबैखाले कुराहरूकाे सामना र पहल प्रयास गरिरहेकाे छ । पालिकाकाे हालकाे अवस्थाका केही झलकहरू यी तस्बिरहरूबाट प्रस्तुत छ ।

दाेवाटेडाँडामा एभरेष्ट भ्यूटप अाफैमा रमणीयस्थल हाे भने त्यहाँबाट मनाेरम हिमश्रृंखला तथा मनाेरमदृष्यहरू अवलाेकन गर्न सकिन्छ ।

अन्य ठाउँहरू झै यहाँकाे गाउँबस्ती पनि लामाे लकडाउनकाे मारमा छ भने काेराेना संक्रमणकाे उच्च जाेखिममा छन् । स्थानीय सरकार पालिका र पालिकाबासीलाइ काेराेना संक्रमणबाट जाेगाउन लागिपरेकै छ । हालसम्म पालिकामा संक्रमित भेटिएका छैनन्।

गतवर्ष वर्षामा प्राकृतिक नाकाबन्दी पर्दा भाेकमरी चलेकाे पालिकामा याे पटक भने अमेरिकन फाैजीकिराले मकैवाली नष्ट पारिदिएकाे छ । काेरानाे सन्त्रास, लकडाउनकाे मारमा याे अर्काे विपतिकाे रूपमा देखिएकाे छ । यसले फेरी भाेकमारी निम्त्याउनसक्ने सम्भावना देखिएकाे छ ।

वर्षामा प्राकृतिक विपत्तिकाे सामना गर्दै अाएका पालिकाबासी अव पनि चिन्तित छन् । पालिका जाेड्ने प्रमुख सडक पूर्ण मापदण्डकाे बाह्रै महिना चल्ने बनाउन नसक्दासम्म याे नियती कायमै रहने देखिन्छ ।

कृषिमा बालीनाली, तरकारी, फलफुल उत्पादन हुने पालिकामा गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम लागु भएकाे छ ।

यहाँका पालिकाबासीहरू जातीय पहिचान र भेषभुषालाइ त्यतिकै माया गर्छन् । सबै जातजाती मिलेर बसेका छन् भने जातीय सद्भाव कायम भएकाे पालिका हाे ।

यहाँ अझै पनि गाउँघरकाे माैलिक चलनहरू देख्न पाइन्छ । मानवीय सहयाेग, सद्भाव, अैचाेपैचाे, पर्म, खेतालाे, दाउराघाँस, गाेठालाेकाे चलन कायमै छ । धेरैजसाे ठाउँमा मासु किलाेकाे हिसावले खाने चलन चलिसक्दा यहाँ भागकाे हिसावले पनि चलेकाे पाइन्छ ।

समग्रमा पालिका रमणीय, प्राकृतिक हराभराकाे छ । स्थानीय सरकार पाएपछि विकास, परिवर्तनमा अग्रसर बनेकाे छ । पाठक महाेदयहरूले पनि लिम्चुङबुङकाे बारेमा धारणा, सल्लाह, सुझाव अनि प्रतिक्रियाहरू कमेन्टवक्समा राखिदिनुहाेला ।

तस्बिरहरू : सिमसन राईको फेसबुकबाट

नाेट : पाठकहरूले पनि कुनै विषयमा कम्तिमा १० वटा तस्बिर पठाउनु भएमा हामी प्राथमिकताका साथ प्रकाशन गर्ने जानकारी गराउदछाैं । हाम्राे इमेल purnapusti@gmail.com रहेकाे छ भने पूर्णपुष्टिकाे फेसबुक म्यासेन्जरमा पनि पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया