शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मतगणना सिसि क्यामेराको निगरानीमा, गणना भोलीदेखि हुने

पूर्णपुष्टि/उदयपुर, मंसीर २१ गते ।

उदयपुरको मतगणना कार्य सिसि क्यामेराको निगरानीबाट हुने भएको छ । मत गणनास्थल सदरमुकाम गाईघाट स्थित त्रियुगा उच्च माध्यामिक विद्यालयको भवनका मतगणना प्रायोजनका लागि तयार गरिएको १० ओटा कोठामै सिसि क्यामेरा जडान गरिएको छ । ३ ओटा कोठा स्टोर, १ ओटा सिसि क्यामेरा कन्ट्रोल र बाँकी ६ ओटामा मतगणना हुने मूख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

स्थानीय प्रशासन, मूख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्बाचन, सुरक्षा निकायहरुको समन्वयबाट मतगणनालाई छिटोछरितो, प्रभावकारी र विश्वसनीय बनाउन सिसि क्यामेरासमेत जडान गरिएको उहाँले बताउनुभयो । सिसि क्यामेराको मद्दतबाट सम्बन्धीत अधिकारीहरुले मतगणना कार्यको निगरानी, अनुगमन सहजरुपले गर्नसक्ने र कुनै वादविवाद वा समस्या आएमा सहजिकरण गर्न सजिलो हुने भएको छ ।

सिसि क्यामेराको भिडियोलाई सकेसम्म सर्बसाधाणका लागि पनि डिस्प्ले गर्ने प्रयास भईरहेको जनाइएको छ ।

सिसि क्यामेरा जडानबाट मतगणना कार्यलाई प्रभावकारी र विश्वसनीय बनाउने भएकोले जिल्लामा पहिलोपटक प्रविधि प्रयोगको प्रयास गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो । वाईफाईसहितको सिसि क्यामेराको निगरानी भएपछि मतगणनामा कसैले गलत कदमको दुष्प्रयास नगर्ने विश्वास सुरक्षा निकायको छ । जिल्लाको सबै मतदान केन्द्रबाट संकलन कार्य भईसकेपछि गणना सुरु गरिने जनाइएको छ ।

यसैबीच मतदान सम्पन्न लगत्तैदेखि मतपेटीका संकलन कार्य धमाधम भईरहेको छ । सदरमुकाम स्थित त्रियुगा उमाविमा सबै केन्द्रहरुबाट संकलन भईरहेको हो । जिल्लाको सदरमुकाम र आसपासबाट रातभरीमा मतपेटीका संकलन हुने र दुर्गम र पहाडी भेगका केन्द्रबाट भने विहानसम्ममा संकलन भईसक्ने मुख्य निर्वाचन अधिकृत शार्माले बताउनुभयो । मतपेटीका सबै संकलनपछि मात्र मतगणना भने थालिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार रातभर र विहानभर मतपेटीका संकलन नै हुने भएकाले शुक्रबारदेखि मात्र मतगणना सुरु हुनेछ । राजनीतिक दलहरुसंग बैंठक र छलफल बसी मतगणना कार्य सुरु गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: