शनि, असार २७, २०७७
Sat, July 11, 2020

सुनकोसी लिफ्टीङ योजनाकाे भ्रम र वास्तविकता

लेख

यो राम्रोसँग थाहा छ कि सुनकोसी लिफ्टीङ योजनाको जन्मदाता गाउँपालिका अध्यक्ष मेजर कुमार राई हुन् र लिम्चुङबुङबाट जन्मिएको सुनकोसी लिफ्टीङ योजनाको सपना संघीय सांसद माननीय सुरेश कुमार राईको पहल कदमीमा र कुशल नेतृत्वमा पुरा हुदैछ ।

  • सुरजकुमार राई
    ताप्ली गाउँपालिका –४, उदयपुर

हिटलरका सञ्चारमन्त्रि जोसेफ गोयबल्सको सिद्धान्त हो “एउटै कुरालाई सयौं पटक दोहोयाएर प्रचार गरे गलतलाई पनि सत्य सावीत गर्न सकिन्छ ।” उनले त्यो बेला पुष्टि गरे । यसैलाई गोयबल्स शैली वा सिद्धान्त भनिन्छ । उनको यो सिद्धान्त जनतामा भ्रम छर्न र जनताको नेतृत्व माथी अविश्वास पैदा गराई सत्ता आफ्नो हात पार्न दलालहरुले प्रयोग गर्दै आएको छ ।

जब अप्सट्रयाकलहरु आउछ तब कायरहरु पछी हट्छ । तर जब सहज र समतल मैदान आउछ । तब उनै कायरहरु बहादुरहरु भन्दा एक कदम अगाडी बढ्छ र श्रेय आफू लिन युक्ति ख्याउन थाल्छ । यो बुलेट होस वा ब्यालेट सबै ठाउँ लागू हुन्छ ।

समाज समृद्धि बन्न सबै सचेत जाती वर्गको अहम भुमिका हुन्छ । तर त्यसमध्य दूरदृष्टि भएको नेतृत्व जन्मनु  मुख्य कुरा हो । किन की असल नेतृत्वको निर्णायक पहल कदमीमा मात्रै समाज बिकासले गति पैदा गर्ने गर्छ । अर्थात सचेत जनसमुदायको माझ कुशल नेतृत्वको खाचो हुन्छ । जव नेतृत्व बिकाश हुन्छ । तव सामाजको विकास हुन्छ । त्यस पछी नेतृत्व रक्षाको सवाल पेचीलो बन्छ । गोयवल्सवादीहरु जनताको नेतृत्वलाई घेरा हाल्न फोर्टीफिकेशन चयन गर्न तल्लीन हुन्छ । तर जनतालाई त्यो थाहा हुदैन । राजनैतिक अस्थीरता पैदा गराई नेतृत्वको गतिलाई रोक्नु उनिहरुको पहिलो कर्तब्य हो । त्यहि बेला अस्थीरतामा उनिहरुले जनतामा कपोलकल्पीत भ्रम छरेर आफ्नो स्वार्थको फाइदा मजबुत रुपमा उठाएको हुन्छ । बौद्धिक वर्गले गोयबल्स शैली सहजै बुझ्नु सकेपनि मतियारको हतियार बनेकाहरुले अलिक ढिलो बुझ्ने गर्छ ।

यो गोयबल्व शैली विश्वको सबै देशका दलाल नोकरशाही र तिनका मतियारहरुले प्रयोग गर्ने गरे पनि हिजो आज उदयपुरको २ नम्बर क्षेत्रको पनि लिम्चुङबुङमा यसको खुलेआम प्रयोग भएको पाइन्छ । २०७७/७८ को बजेट भाषण पछी गाउँपालीका अध्यक्षलाई धारे हात लगाउदै खोई सुनकोसी लिफ्टिङ ? किन नाम आएन सुनकोसी लिफ्टिङको ? भन्दै थिए । जब संघीय सांसद माननिय सुरेश कुमार राईको पहल कदमीमा सुनकोसी लिफ्टीङ बिस्तृत योजना तय गर्दै काम प्रारम्भ गर्न बजेट विनीयोजन भएको समाचार बाहिर आयो तब तिनै एकलाके लगाएर बोल्नेहरु अब यो सबकाम कांग्रेसले गरेको भन्दै तोकेरै कांग्रेसका सांसदको नाम उल्लेख गर्दै सम्बन्धित एरियाको पालिका अध्यक्ष र सांसदलाई मिनीमाइज गर्न गोयबल्स सैली अपनाएको पाइन्छ ।

आफू निर्बाचीत भए देखीनै अहोरात्र अवरोह झेल्दै जनताको सेवामा तल्लीन गाउँपालिका अध्यक्षले प्रदेश र संघको निर्वाचन पश्चात लिम्चुङबुङ गाउँपालिकाको बैठकले पालीकालाई सुख्खा क्षेत्र घोषणा गर्न निवेदन गर्ने निर्णय गर्दै विभिन्न निकाय र खानेपानी मन्त्रालय धाउदै हिनेका ती गोबल्स बिचारधारीहरुले देखे पनि बोलेन । त्यहिबाट सुनकोसी लिफ्टीङको सुरुवात भएको हो । यसमा कोहि दुबिधामा नपरे हुन्छ । लिम्चुङबुङबाट सुरु भएको सुनकोसी लिफ्टीङको सपना खानेपानी मन्त्रालयको कार्यविधि र नीति अनुसार पहाडी जिल्लामा लिफ्टीङको लागि २५ हजार जनसंख्या हुनुपर्ने र छिमेकी स्थानीय निकायहरुमा लिम्चुङबुङमा झै पानीको हाहाकार भएकाले उदयपुर २ नम्बर क्षेत्रको संघीय सांसद माननीय सुरेश कुमार राईको पहल कदमीमा लिम्चुङबुङ र ताप्लीको पुरै वडाहरु तथा रौतामाई गाउँपालिकाको १ र ३ तथा उदयपुरगढी गाउँपालिकाको १, २ र ३ नम्वर वडालाई समेटी सुनकोसी लिफ्टीङ आयोजनाबाट लाभान्वित जनसंख्या २५ हजार पु¥याई आर्थीक वर्ष २०७५/७६ मा सर्वे भईसकेको सवैमा स्मरण रहोस आर्थीक वर्ष २०७६/७७ मा खानेपानी मन्त्रालयले नीति परिवर्तन गरि पहाडी जिल्लामा लिफ्टीङ सिचाइको लागि १५ हजार जनसंख्या हुनुपर्ने बनाएको छ ।

संघीय सांसद माननीय सुरेश कुमार राईको नेतृत्वमा गएको टिमले खानेपानी मन्त्री समक्ष योजनालाई सम्बोधन गर्न र बिस्तृत योजना प्रतिवेदन तयार गर्न बजेट माग गरे अनुरुप बिस्तृत योजना तय गर्दै काम प्रारम्भ गर्न बजेट छुटेको कुरा यथार्थ र सत्य हो । जनतासँग भोट माग्न जाँदा खाएको कसम मध्यको खानेपानीको समस्यालाई दिर्घकालीन रुपमा हल गर्ने एउटा अहम महत्व बोकेको यो योजना पुरा हुने देखे पछी नव गोयबल्सहरु जुरमुराउदैछ । अमुक पार्टी र पात्रहरुको नाम लिएर श्रेय लिन खोज्दैछ । उनिहरुलाई यो राम्रोसँग थाहा छ कि सुनकोसी लिफ्टीङ योजनाको जन्मदाता गाउँपालिका अध्यक्ष मेजर कुमार राई हुन् र लिम्चुङबुङबाट जन्मिएको सुनकोसी लिफ्टीङ योजनाको सपना संघीय सांसद माननीय सुरेश कुमार राईको पहल कदमीमा र कुशल नेतृत्वमा पुरा हुदैछ ।

घटना क्रमले नेतृत्वको बिकास र रक्षाको कुरा झन घनिभुत बनाएको छ । हाम्रो समाज बिकासको गतिमा बामे सर्न खोज्दैछ । यति बेलै खसीको टाउको देखाई कुकुरको मासु बेच्नेहरु ब्रम्हलुट मचाउन नपाउदाको पिडाले उकुसमुकुस बनेर जनतामा अतिरन्जीत भ्रमहरु छर्दै हिनेकाछन् । यो बेला जनप्रतिनिधिहरुले जनअपेक्षा अनुरुप आएको विकासको गतिलाई नरोकी जनसम्बन्धलाई अझ व्यापक र घनिभूत बनाउन आवश्यक छ भने सचेत र बौद्धिक वर्गहरु मुकदर्शक नबनी तथ्य र यथार्थ धरातलमा रहेर गोयबल्सधारी मतियारको हतियार बुख्याचाहरुले छरेको भ्रम चिर्न जरुरी छ ।

प्रतिक्रिया

%d bloggers like this: