बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

एमाले कार्यकर्ताको दुर्घटनामा मृत्यु

पूर्णपुष्टि/गाईघाट, मंसीर २५ गते ।

चुनावको पछि लाग्ने क्रममा एक युवाको ज्यान भएको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्बाचनमा बामगठबन्धनको पक्षमा मत माग्न खटिएर मतपरिणामप्रति चासो राख्दै सदरमुकाम आउदै गरेका त्रियुगा नगरपालीका १६ जातेका २३ वर्षिय सुवास रानाको दुर्घटनामा परी ज्यान गएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार शनिबार मोटरसाईकलमा आउदै गरेका राना त्रिनपा १० बोक्सेमा अटो ट्याम्पुसंग ठोक्किएर गम्भिर घाईते उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

स ८ प ९५३८ नम्वरको मोटरसाईकल र गाईघाटबाट करमगाछि जादै गरेको स १ ह ३८२ नम्वरको अटो ट्याम्पु एक आपसमा ठक्कर खाएर दुर्घट्ना भएको थियो । उनी घरबाट सदरमुकाम गाईघाटमा मतगणनाबारे चासो राख्दै सुन्नका लागि हिडेको परिवारले जनाएको छ ।

नेकपा एमालेका युवा कार्यकर्ता उनलाई न्युरो हस्पिटल विराटनगरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया