शनि, असार २७, २०७७
Sat, July 11, 2020

बेलकामा सिभिल इन्जिनियरिङ् पढाई हुने

पूर्णपुष्टि, असार ८
जयराम पुर्वछाने मगर

बेलका नगरपालिका–४स्थित जनता माबि गुरुडचौरीमा यसै शैक्षिक शत्र २०७७/७८ बाट प्राबिधिक शिक्षा सिभिल ईन्जिनियरिडको पठनपाठन सुरु हुने भएको छ. । आज एक कार्यक्रम विच बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती)ले बिद्यार्थीको भित्री क्षमता बाहिर उतार्ने कला नै असल शिक्षकको पहिचान भएको बताउनुभयो ।

नगरले खाजाको व्यवस्था गरेको, जेहेन्दार, विपन्नलाई छात्रवृति तथा  शैक्षिक स्तर सुधारकै लागि आमा समुहहरु गठन गरेको मेयर थापाले बताउनुभयो ।

अङ्ग्रेजी भाषा माध्यम सामुदायिक विद्यालयमै उपलब्ध गराउने नेकपाका जिल्ला कमिटी सदस्य रमण भट्टराईले बताउनुभयो ।  विश्वको ईतिहास हेर्ने हो भने दक्ष युवा शक्ति सामुदायिक विद्यालयबाट नै उत्पादन भएको छ । शिक्षा अध्यारोमा प्रकाशको रुप भएकाले शिक्षक आफै अपडेट हुनु पर्ने, यसै शैक्षिक सत्रबाट गुरुङ्खचौरीले अङ्ग्रेजी भाषा माध्यमबाट कक्षा सञ्चालन गर्नै उहाँले बताउनुभयो ।

नमुना विद्यार्थी उत्पादनमा सरोकारवाला सबै पक्षले सहकार्य गर्नु पर्ने बेलका नगरपालिका–४ का वडाध्यक्ष  दिपक दङगालले बताउनुभयो ।

बिद्यालयमा पढ्नेहरू कमजोर हुने मानसिकता समाजमा व्याप्त रहेको नेकपाका नगर कमिटि सचिव गणेश बस्नेतले बताउनुभयो ।  विद्यालय भर्ना अभियानमा सहभागि हुन सबै सरोकारवालालाई अनुरोध गर्दै  शैक्षिक साग्रि सहितको कक्षा फलदायी हुने उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयमा अभिभावकले आफ्ना बच्चाको बिशेष ख्याल राखेमा सजिलै शिक्षा हासिल गर्ने बेलका नगरपालिकाका शिक्षा शाखा प्रमुख सुनिल निरौलाले बताउनुभयो ।

बेलका नगर कमिटि अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समिति गुरुङ्खचौरीका अध्यक्ष मनोज तामाङ्खको अध्यक्षतामा  बिद्यालयको स्तर उन्नतपका लागि कुनै कसुर बाकि नराखिने बताउनुभयो । पर निर्भर शिक्षा भन्दा आत्म निर्भर शिक्षाका लागि जोड दिने अध्यक्ष  तामाङ्खले बताउनुभयो ।

यसै शैक्षिकसत्र देखि कक्षा ११ मा विज्ञान बिषयमा पनि पढाइ हुने छ । कक्षा सञ्चालन , बिज्ञान तथा प्रवृधि मन्त्रालयबाट प्राविधीक धार तर्फको गत साता सिभिल ईन्जिनियरिङ्ख अध्यापनको स्वीकृत पाएसंगै गुरुङ्खचौरी माबिले अब पठनपाठन सुरु गर्ने बताउनुभयो ।

यस शैक्षिक शत्रमा जम्मा ४० जना बिद्यार्थी भर्ना गरिने र विद्यार्थीहरु गरिब, जेहेन्दारलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयोे ।

प्रतिक्रिया

%d bloggers like this: