आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

ढुङ्गाखानीमा पुरिएका युवकको मृत्यु

पूर्णपुष्टि/खोटाङ, पुस ८ गते ।

ढुङ्गाखानीमा पुरिएर गम्भीर घाइते बनेका खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा ल्याएर उपचार गर्ने क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।

सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुङ्गा झिक्नेक्रममा श्रेष्ठलाई शुक्रबार दिउँसो खानीमाथिबाट झरेको ढुङ्गाले पुरेको स्थानीयले बताएका छन् । आफ्नै ढुङ्गाखानीमा पुरिएका श्रेष्ठलाई उद्दार गरेर अस्पताल पु¥याइएको र उपचारको क्रममा मृत्यु भएको वडा सदस्य अमर श्रेष्ठले बताउनुभयो ।

काका दिलबहादुर श्रेष्ठसँग ढुङ्गा झिक्दै गरेका जीवनलाई करिब तीन बजेको समयमा माथिबाट झरेको ढुङ्गाले परेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक श्रेष्ठको शव परीक्षणका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

श्रेष्ठले आफ्नो खानीबाट निकालेको ढुङ्गा दिक्तेलस्थित विभिन्न ठाउँमा ट्याक्टरमार्फत लगेर बिक्री गर्दै आएका थिए । जीवनको मृत्युपछि उनको नाबालिका छोरी र श्रीमतीको बिचल्ली भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

%d bloggers like this: