शनि, असार २७, २०७७
Sat, July 11, 2020

‘गरिबलाई च्यादर, सुत्केरीलाई कोसेलीसम्म’ कार्यक्रम घोषणासहित रौतामाईको गाउँसभा सम्पन्न

पूर्णपुष्टि, असार १०

उदयपुरको रौतामाई गाउँपालिकाले गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली जस्ता लोकप्रीय कार्यक्रम घोषणासहित गाउँसभा आज सम्पन्न गरेको छ ।

पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट पास गर्दै गाउँसभा सम्पन्न भएको हो । बजेट तथा योजनामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ भने दोस्रो प्राथमिकतामा अािर्थक विकासलाई राखिएको छ । आर्थिक विकासतर्फ १ करोड ८२ लाख विनियोजन भएको छ । सामाजिक विकासतर्फ १ करोड ६८ हजार ९० लाख रहेको छ । त्यस्तै वातावरण तथा विपद्तर्फ  १ करोड ३० लाख, समपुरक कोषको लागि १ करोड २० लाख, कोभिड १९ नियन्त्रणका लागि १ करोड ११ लाख बजेट बिनियोजन भएको छ ।

त्यसैगरी विदेशबाट फर्किआएकाहरुका लागि युवा स्वरोजगारका लागि ५० लाख, गरिबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ बण्डलको दरले जस्तापाता दिनका लागि ३० लाख, विपन्न, दलित, आगोलागी प्रकोपका लाई ४ वण्डलको दरले जस्तापाता दिन ३० लाख बजेट विनियोजन भएको छ ।

पालिकाको नयाँ लोकप्रीय कार्यक्रमको रुपमा सुत्केरी महिलालाई गाउँपालिका उपाध्यक्ष कोशेली कार्यक्रमका लागि ५ लाख, गाउँपालिका अध्यक्ष विशेष सम्बोधन कार्यक्रमका लागि १० लाख बजेट विनियोजन भएको छ ।

गाउँसभाको पूर्ण तयारीका साथ गाउँसभा गरिएकाले सौहाद्रपूर्ण ढंगले आजै सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो । अाजै सञ्चालन गरेर अाजै सम्पन्न गर्न सफल उदयपुरकाे एकमात्र पालिका राैतामाइ बनेकाे छ ।

मुख्य शिर्षक र बजेट

  • आर्थिक विकासतर्फ १ करोड ८२ लाख
  • सामाजिक विकासतर्फ १ करोड ६८ लाख ९० हजार
  • पूर्वाधार विकासतर्फ ७ करोड  नया७८ लाख
  • वातावरण तथा विपद्तर्फ १ करोड ३० लाख
  • समपुरक कोषको लागि १ करोड २० लाख
  • कोभिड १९ लाई १ करोड ११ लाख
  • गरीबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ वण्डल जस्तापाता दिनका लागि ३० लाख
  • ”विपन्न, दलित,  आगोलागी प्रकोपलाई ४ वण्डलको दरले जस्तापाता दिन ३० लाख
  • विदेशबाट फर्किआएका युवा स्वरोजगारको लागि ५० लाख
  • सुत्केरी महिलालाई गाउँपालिका उपाध्यक्ष कोशेली कार्यक्रमलाई ५ लाख
  • गाउँपालिका अध्यक्ष विशेष सम्बोधन कार्यक्रमका लागि १० लाख
  • सडकमर्मतसम्भार, सबै वडालाई ५० लाख

तस्विरहरू :

प्रतिक्रिया