मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

प्रजिअद्वारा हिरासतमा कम्मल प्रदान

पूर्णपुष्टि/उदयपुर, पुस ८ गते ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले जाडो मौसमलाई मध्यनजर गर्दै शनिबार हिरासतमा कम्बल प्रदान गर्नुभएको छ ।

प्रजिअ कडेलले जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका थुनामा रहेकाहरुका लागि कम्मल प्रदान गर्नुभएको हो । शनिबार जिल्ला आएसंगै कडेल आफैले किनेर ल्याउनुभएको कम्मल पत्रकारहरुकाबीच हिरासतमा प्रदान गर्नुभएको हो । पत्रकार महासंघका अध्यक्ष भरत खड्काले थुनामा रहेका जेष्ठ उमेरकाको हातमा हस्तान्तरण गर्नुभयो ।

उक्त कम्मलहरु ओढ्ने नभएका र कमजोरहरुले मिलाईमिलाई ओढ्न निर्देश गर्नुभयो । केको उपलक्षमा हो भन्ने पत्रकारको प्रश्नमा प्रजिअ कडेलले मानवियता र मानवअधिकारको पक्षमा यस्तो व्यवहार गरिएको बताउनुभयो । चिसोमा थुनामा रहेकाहरुको स्वस्थ्यमा असर पुग्नसक्ने भएकोले त्यसबाट बच्नका लागि कम्मल उपयुक्त ठानेर प्रदान गरिएको उहाँले बताउनुभयो । शनिबार हिरासतमा ४० पुरुष र २ महिला गरी ४२ जना रहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: