शनि, असार २७, २०७७
Sat, July 11, 2020

महिला विश्व कप फुटबल २०२३ दुई देशले आयोजना गर्ने

पूर्णपुष्टि, असार १२

अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा सन् २०२३ मा हुने महिला फुटबल विश्व कपको आयोजना गर्ने भएका छन् ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो । जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्ता आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए र संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो ।

यो दाबेदारीले यस महिनाको सुरुवातमा फिफाबाट सर्वश्रेष्ठ आँकलन अङ्कलन पाएको थियो ।

अस्ट्रेलिया र न्युजिल्याण्डको दाबेदारीले सम्भावित ५ मा ४ दशमलव १ अङ्क पाएको थियो भने जापानले ३ दशमलव ९ अङ्क पाएको थियो । कोलम्बियाले २ दशमलव ८ अङ्क पाएको थियो ।

यो प्रतियोगिता सन् २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने तय भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: