शनि, असार २७, २०७७
Sat, July 11, 2020

एफए कपमा म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

पूर्णपुष्टि, असार १४

एफए कप फुटबलको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड प्रवेश गरेको छ । हिजो भएको खेलमा नर्विच सिटीलाई २–१ गोलले पछि पार्दै युनाइटेड फाईनलमा प्रवेश गरेको हो ।

नर्विचको खेल मैदानमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २–१ गोलको जित दिलाए । खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

प्रतिक्रिया